Sep 19 2024 | २०८१, असोज ३ गते

‘संविधानलाई आवश्यक परिमार्जनबाट थप स्वीकार्य बनाउन सकिन्छ’

‘संविधानलाई आवश्यक परिमार्जनबाट थप स्वीकार्य बनाउन सकिन्छ’

एभरेष्ट हेडलाइन्स
बुधबार, असोज ३ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, असोज ३ २०८०
  • ‘संविधानलाई आवश्यक परिमार्जनबाट थप स्वीकार्य बनाउन सकिन्छ’

    काठमाडौँ । सुशील कोइराला मेमोरियल फाउन्डेसनले सबै वर्ग, समुदाय र क्षेत्रको भावनालाई प्रतिबिम्वित गर्ने वर्तमान संविधानलाई आवश्यक परिमार्जनबाट थप स्वीकार्य बनाउन सकिनेमा जोड दिएको छ ।
     
    नेपालको संविधान, २०७२ निर्माण भएको नवौँ वर्ष प्रवेश एवं राष्ट्रिय दिवसका अवसरमा फाउन्डेसनले आज जारी गरेको विज्ञप्तिमा संविधानसभाबाट प्राप्त ऐतिहासिक तथा विश्वकै लागि उदाहरणीय बनेको नेपालको संविधानको संरक्षणबाट नै सबै नेपालीको अधिकार र पहिचान स्थापित हुने उल्लेख छ  ।
      
      जननिर्वाचित प्रतिनिधिबाट आफ्नो संविधान बनाउने नेपाली जनताको सात दशक लामो अभिलाषा र सङ्घर्षको परिणामस्वरूप २०७२ असोज ३ गते संविधानसभाबाट वर्तमान संविधान प्राप्त भएको हो । विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनपछि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा नेपालमा संविधानसभाबाट पहिलोपटक संविधान जारी भएको थियो ।  
     
    कठिन परिस्थितिको सामना गरेर नेपाली जनताले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाएको र वर्तमान समावेशी संविधान नेपाली जनताको भावना समेट्ने उदार पृष्ठभूमिमा तयार भएकाले देशको हित र जनताको उन्नतिभन्दा ठूलो अर्को कुनै लक्ष्य नलिई काम गर्नुपर्नेमा फाउन्डेसनका अध्यक्ष एवं नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइराला र सदस्यसचिव अतुल कोइरालाले आज जारी गरेको विज्ञप्तिमा जोड दिइएको छ ।

    images
    images

     संविधानको पालना र कार्यान्वयन गर्न राज्यका सबै अङ्गले निष्पक्ष र न्यायपूर्ण भूमिका खेल्ने विश्स फाउन्डेसनले व्यक्त गरेको छ । सबै मिलेर संविधानप्रति जनताको विश्वासलाई प्रगाढ बनाउनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।  संविधान कार्यान्वयनमा सरकार, राजनीतिक दल, नागरिक समाज र नेपाली जनताको सकारात्मक भूमिका रहने विश्वास पनि फाउन्डेसनले लिएको छ । शान्ति, स्थिरता, लोकतन्त्र र विकासलाई जोड दिएर अघि बढ्नुपर्नेमा विज्ञप्तिमा जोड दिइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट