Sep 19 2024 | २०८१, असोज ३ गते

सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता निष्कर्षविहीन

सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता निष्कर्षविहीन

एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज ४ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज ४ २०८०
  • सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता निष्कर्षविहीन

    काठमाडौँ । सरकार र आन्दोलनरत शिक्षकबीच आज बिहान बसेको पहिलो चरणको वार्ता निष्कर्षविहीन भएको छ। यसअघि शिक्षा मन्त्रालयले वार्तामा बोलाउँदा पनि शिक्षकहरु वार्तामा बसेका थिएनन्।

    images
    images

    बुधबार पहिलो दिन काठमाडौँमा शक्ति प्रदर्शन गरेका उनीहरु आज भने गृह मन्त्रालयमा वार्तामा बसेका थिए। बिहान आठ बजे बसेको वार्तामा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोककुमार राई, शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी, शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर तथा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधिहरु सहभागी थिए।

    वार्तामा शिक्षकहरुका मागबारे छलफल भएको थियो। विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थाप्रति विरोध जनाउँदै शिक्षकहरुले विद्यालय बन्द गरी बुधबारदेखि काठमाडौँ केन्द्रित आन्दोलन थालेका छन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट