Sep 19 2024 | २०८१, असोज ३ गते

६० किलो सुन प्रकरण : संलग्न पाँच जना प्रतिवादीको बयान सकियो

६० किलो सुन प्रकरण : संलग्न पाँच जना प्रतिवादीको बयान सकियो

एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज ४ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज ४ २०८०
  • ६० किलो सुन प्रकरण : संलग्न पाँच जना प्रतिवादीको बयान सकियो

    काठमाडौँ ।  हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणका पाँच जना प्रतिवादीको बयान सकिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद मैनालीको इजलासमा पाँच जना प्रतिवादीको बयान सकिएको हो ।

    images
    images

    चिनियाँ नागरिक याओ पुचेङ्ग, लि वेन सुङ्ग, ली नेङकाई, हर्कराज राई र भन्सार एजेन्ट रुकमिना सुब्बाको बयान पुरा भएको छ ।

    ली नेङकाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टोखास्थित सुन गाल्ने कारखानासम्म सुन ओसार्ने काममा संलग्न थिए । सुन प्रकरणमा पक्राउ गरिएका २६ जना र ३ जनालाई फरार प्रतिवादी कायम गरेर मुद्दा दायर गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट