Sep 19 2024 | २०८१, असोज ३ गते

आन्दोलनरत शिक्षकलाई  गगनको आग्रह : विधेयक सच्याउँछौं, विद्यालय बन्द नगरौं

आन्दोलनरत शिक्षकलाई  गगनको आग्रह : विधेयक सच्याउँछौं, विद्यालय बन्द नगरौं

एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज ४ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज ४ २०८०
  • आन्दोलनरत शिक्षकलाई  गगनको आग्रह : विधेयक सच्याउँछौं, विद्यालय बन्द नगरौं

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक रहेको बताएका छन् । उनले बिहीबार सामाजिक सञ्जालमा लेख्दै शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक रहेको र त्यसका लागि आफूहरूले काम गर्ने बताएका हुन् । 

    images
    images

    प्रतिनिधिसभाका सदस्य समेत रहेका थापाले संसद्‍बाट शिक्षा विधेयक सच्याउने भन्दै विद्यालय बन्द नगर्न आग्रह गरे । ‘विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक छ, संसद्‍मा हामी यसलाई सच्याउने नै छौँ, विद्यालय बन्द नगरौँ ,’ उनले लेखेका छन् ।

    शिक्षा विधेयक संसदमा दर्ता भइसकेकाले त्यसमाथि छलफल गर्ने र संशोधन गर्ने जिम्मा आफूहरूको भएको पनि उनले बताए। शिक्षकहरूले राखेका मागलाई सम्बोधन गर्ने विषयमा पनि आफूहरू प्रतिबद्ध रहेको उनको भनाइ छ।  

    सांसदको भूमिका एवं विवेकमाथि विश्वास गरेर रचनात्मक ढङ्गले समाधानको खोजीका लागि मद्दत गर्न र विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक महासंघ लगायत सबै पक्षमा उनले आग्रह गरेका छन्।

    gagan-thapa_zudu8BwEyH.jpg

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट