Sep 19 2024 | २०८१, असोज ३ गते

आज दोस्रो दिन पनि शिक्षकहरुको आन्दोलन जारी,वानेश्वर क्षेत्र अस्तव्यस्त

आज दोस्रो दिन पनि शिक्षकहरुको आन्दोलन जारी,वानेश्वर क्षेत्र अस्तव्यस्त

एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज ४ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज ४ २०८०
  • आज दोस्रो दिन पनि शिक्षकहरुको आन्दोलन जारी,वानेश्वर क्षेत्र अस्तव्यस्त

    काठमाडौँ । सरकारले संसद् सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा आज दोस्रो दिन पनि शिक्षकले प्रदर्शन जारी राखेका छन् । काठमाडौँको माइतीघरमा देशभरबाट आन्दोलनका लागि आएका शिक्षक आन्दोलनमा उत्रिएका हुन् । 

    images
    images

    teacher aandola.jpg

    आन्दोलनका कारण उपत्यकाको ट्राफिक अस्तव्यस्त बनेको छ । बुधबारबाट सुरु भएको काठमाडौं केन्द्रित आन्दोलन माग पूरा नहुन्जेलसम्म चल्ने बताइएको छ । शिक्षकहरु आन्दोलनमा उत्रिएसँगै सामुदायिक विद्यालयको पठनपाठन अस्तव्यस्त बनेको छ । 

    संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासंघले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् । सो माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासंघले चेतावनी दिएको छ ।

    aandolan.jpg

    उनीहरूले ‘विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर,’ ‘शिक्षामा कुल बजेटको २० प्रतिशत लगानी गर,’ ‘शिक्षामन्त्री राजीनामा दे,’ ‘कक्षा १२ सम्मको पूर्ण निःशुल्क शिक्षाको व्यवस्था गर,’ ‘१० वर्षमा आवधिक बढुवाको ग्यारेन्टी गर,’ ‘राहत र उच्च मावि दरबन्दी स्वीकृत गर,’ ‘शिक्षा विधेयक संशोधन गर’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका छन् ।  

    aandolan jaari.jpg

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट