Sep 19 2024 | २०८१, असोज ३ गते

प्रधानमन्त्री दाहाल र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता 

प्रधानमन्त्री दाहाल र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता 

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज ५ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज ५ २०८०
  • प्रधानमन्त्री दाहाल र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता 

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ ।  संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकामा रहेका प्रधानमन्त्री ‘प्रचण्ड’ र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेट भेटवार्ता भएको हो । 
     

    images
    images

    महासभामा भाग लिन पुगेका विभिन्न देशका प्रतिनिधिहरूको सम्मानमा बाइडेनले दिएको रात्रिभोजका क्रममा प्रचण्ड–बाइडेन भेट भएको हो । प्रधानमन्त्री प्रचण्डको सचिवालयले दुई नेताबीच भेटवार्ता भएको तस्बिर सार्वजनिक गरेको छ ।

    भेटपछि प्रधानमन्त्री प्रचण्डले न्यानो आतिथ्यताका लागि बाइडेन दम्पतीलाई आभार तथा धन्यवाद व्यक्त गरेका छन् ।  प्रधानमन्त्री प्रचण्ड २३ सेप्टेम्बरमा अमेरिकाबाट चीन भ्रमणमा जाँदैछन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट