Sep 19 2024 | २०८१, असोज ३ गते

आज तेस्रो दिन पनि शिक्षकहरु आन्दोलनमा,काठमाडौंको ट्राफिक अस्तव्यस्त

आज तेस्रो दिन पनि शिक्षकहरु आन्दोलनमा,काठमाडौंको ट्राफिक अस्तव्यस्त

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज ५ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज ५ २०८०
  • आज तेस्रो दिन पनि शिक्षकहरु आन्दोलनमा,काठमाडौंको ट्राफिक अस्तव्यस्त

    काठमाडौँ ।  आज तेस्रो दिन पनि शिक्षकहरु आन्दोलनमा छन् । माइतीघर मण्डलामा हजारौँ शिक्षकहरु भेला भएका छन् । शिक्षकको आन्दोलनका कारण आज पनि काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।

    images
    images

    माइतीघर मण्डला र नयाँ बानेश्वर रुट हुँदै चल्ने गाडीलाई विभिन्न ठाउँबाट डाइभर्सन गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार चक्रपथ, गौशाला, तीनकुने, सातदोबाटो, बल्खु, कलङ्की, भद्रकाली लगायत ठाउँबाट गाडी डाइभर्सन गरिएको छ । आज पनि देशका धेरैजसो सामुदायिक विद्यालय बन्द भएका छन् ।

    नेपाल शिक्षक महासङ्घको नेतृत्वमा देशभरका शिक्षकहरु आन्दोलनमा आएका छन् ।  यसैबीच, अहिले शिक्षक महासङ्घ र सरकारबीच वार्ता हुँदैछ । 

    उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा रहेको सरकारी टोलीले  छलफल सकारात्मक भइरहेकाले आज सहमति हुन सक्ने जनाएको छ । यस्तै, महासङ्घकी अध्यक्ष कमला तुलाधरले पनि आज सहमतिमा पुग्ने गरी वार्ता गर्ने बताइन् । यसअघि हिजो पनि आन्दोनरत शिक्षकहरुसँग छलफल भएको थियो ।

    उनीहरूले वार्ता र प्रदर्शन एक साथ अगाडि बढाएका छन् । शुक्रबार पनि बिहानदेखि नै माइतीघरमा जम्मा भएका शिक्षकहरूको प्रदर्शन माइतीघर हुँदै संसद् भवन नयाँ बानेश्वरसम्म जाने तयारी गरेका छन् । जसकारण उक्त रूटमा चल्ने सवारी साधनलाइ विभिन्न सहायक रुटमा डाइभर्ट गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टले जानकारी दिए ।

    विधेयक मस्यौदामाथि नेपाल शिक्षक महासंघले दिएका सुझावहरूलाई समावेश नगरी सदनमा पेस गरिएको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन् । 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट