Sep 19 2024 | २०८१, असोज ३ गते

एक साता लामो भ्रमणका लागि चिन पुगे प्रधानमन्त्री दाहाल

एक साता लामो भ्रमणका लागि चिन पुगे प्रधानमन्त्री दाहाल

एभरेष्ट हेडलाइन्स
शनिबार, असोज ६ २०८०
एभरेष्ट हेडलाइन्स
शनिबार, असोज ६ २०८०
  • एक साता लामो भ्रमणका लागि चिन पुगे प्रधानमन्त्री दाहाल

    काठमाडौँ ।  प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्ड चीन पुगेका छन् । चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड एक साता लामो भ्रमणका लागि चिन पुगेका हुन् । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा पुगेका प्रचण्ड उतैबाट आज बिहान चीनको हाङजाओ विमानस्थलमा अवतरण गरेका हुन् ।

    images
    images

    प्रधानमन्त्री प्रचण्डलाई विमानस्थलमा चीनको केन्द्रीय जनसरकारका स्पोर्ट्स मिनिस्टर एवम्  १९ औं  एसियन गेम्स १०२३ का अध्यक्षले स्वागत गरेका छन् । प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आजै भेट हुने तय भएको छ । १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन सी पनि हाङजाओमा रहने भएकोले त्यहीँ भेटवार्ताको तय भएको हो ।

    दिउँसो साढे १२ बजे प्रचण्ड र सीबीच पहिलो भेट हुने कार्यतालिका छ । त्यसक्रममा उनीहरूले एउटा रिसोर्टमा सँगै लञ्च गर्नेछन् । त्यसपछि शनिबार अपराह्न ४ बजे प्रचण्ड र राष्ट्रपति सीबीच द्विपक्षीय भेटवार्ता हुनेछ ।


     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट