Nov 22 2024 | २०८१, मंसिर ७ गते

images

एसियाडका लागि नेपाली क्रिकेट टोलीको बिदाइ

एसियाडका लागि नेपाली क्रिकेट टोलीको बिदाइ

एभरेष्ट हेडलाइन्स
आइतबार, असोज ७ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, असोज ७ २०८०
  • एसियाडका लागि नेपाली क्रिकेट टोलीको बिदाइ

    काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले चीनको हाङ्जाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा भाग लिन जाने नेपाली क्रिकेट टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेको छ ।

    images
    images
    images

    क्यानद्वारा आज आइतबार आयोजित बिदाइ कार्यक्रममा क्यानका नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायत क्यानका पदाधिकारीले खेलाडीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे । नेपाली टोली आजै हाङ्जाउ प्रस्थान गर्नेछन् । नेपालले यही असोज १० गते आफ्नो पहिलो खेल मङ्गोलियासँग खेल्ने छ ।

    त्यस्तै नेपालले समूह चरणको दोस्रो खेल असोज १४ गते माल्दिभ्ससँग खेल्नेछ । एसियाडमा सहभागिता जनाउने नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलसहित विनोद भण्डारी, आसिफ शेख, कुशल भुर्तेल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, विवेक यादव, सोमपाल कामी, करण केसी, गुल्सन झा, प्रतिश जिसी, अविनाश बोहरा र सन्दीप लामिछाने छन् । ललित राजबंशीले भने चोटका कारण प्रतियोगितामा सहभागिता जनाउने छैनन् । 

    राष्ट्रिय क्रिकेट टोलीका कप्तान पौडेलले आफनो टोलीले राम्रो अभ्यास गरेको भन्दै प्रतियोगितामा मेडल जित्ने लक्ष्यका साथ मैदानमा उत्रने बताए ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट