Sep 19 2024 | २०८१, असोज ३ गते

 शिक्षा विधेयकमा सभामुखीय भूमिका निर्वाह गर्छु : सभामुख

 शिक्षा विधेयकमा सभामुखीय भूमिका निर्वाह गर्छु : सभामुख

एभरेष्ट हेडलाइन्स
आइतबार, असोज ७ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, असोज ७ २०८०
  •  शिक्षा विधेयकमा सभामुखीय भूमिका निर्वाह गर्छु : सभामुख

    काठमाडौँ । सभामुख देवराज घिमिरे सात दिने आयरल्याण्ड भ्रमण पूरा गरी स्वदेश फर्केका छन् । आइरिस संसद्को तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेलको निमन्त्रणमा आयरल्याण्डको राजधानीबाट डब्लिन पुगेको उनी नेतृत्वको प्रतिनिधिमण्डल आज स्वदेश फर्किएको हो ।

    images
    images

    स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सभामुख घिमिरेले भ्रमणका क्रममा दुई देशबीचको संसदीय गतिविधिआदानप्रदानलगायत विषयमा व्यापक छलफल भएको जानकारी दिए । 

    “दुवै मुलुकका संसदबीचको सम्बन्ध गाढा बनाउने विषयमा मैले आइरिस संसदको तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेल र माथिल्लो सदन सिनड एरियनका अध्यक्ष जेरी बटाइमरसँग छलफल गरेको छु” उनले भने, “संसद्का कर्मचारीको दक्षता अभिवृद्धि गर्नेबारे पनि हामीले छलफल गरेका छौँ ।”
     
     सभामुख घिमिरेले राष्ट्रपति तथा मन्त्रीहरुरूसँगको भेटले शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा नेपालले लाभ लिन सक्ने वातावरण निर्माण भएको जानकारी दिए । उनले नेपाली विद्यार्थीलाई दिनसक्ने सहुलियत, भिसाको प्रबन्ध, प्राविधिक दक्षतासहित नेपाली जनशक्तिको रोजगारलगायत  विषयमा पनि छलफल भएको उनको भनाइ थियो । स्वास्थ्य र कृषिमा आयरल्याण्डले विकास गरेका प्रविधि र लगानी नेपाल भित्र्याउनेबारे पनि छलफल भएको सभामुख घिमिरेले जानकारी दिए ।
     
    भ्रमणका क्रममा उनले आयरल्याण्डका राष्ट्रपति माइकल डी हिगिन्स, संसद्को दुवै सदनका सभामुख र अध्यक्ष, सरकारका वरिष्ठ मन्त्री, नेपाली समुदायलगायतसँग पछि छलफल र भेटघाट गरेका थिए । उक्त भ्रमण टोलीमा प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेय र प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई सहभागी थिए ।
     
     पत्रकारले शिक्षा विधेयकका सम्बन्धमा भएका विरोध र आन्दोलनबारे सोधेको प्रश्नमा सभामुख घिमिरेले आफूले विधेयकलाई अगाडि बढाउन ‘सभामुखीय भूमिका’ निर्वाह गर्ने बताए । “विधेयकलाई अगाडि बढाउन सभामुखको भूमिका जे हुनुपर्छ, त्यही गर्छु,” उनले भने, “विधेयक सदनमा लैजाने, छलफल गर्ने, सहमति गर्ने, सहमति भएन भने प्रक्रियाबाट टुङ्ग्याउने काम हुन्छ ।”

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट