Sep 19 2024 | २०८१, असोज ३ गते

चिनियाँ प्रधानमन्त्रीले भने - दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ

चिनियाँ प्रधानमन्त्रीले भने - दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ

एभरेष्ट हेडलाइन्स
सोमबार, असोज ८ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, असोज ८ २०८०
  • चिनियाँ प्रधानमन्त्रीले भने - दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ

    बेइजिङ । चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले महसुस गरेको बताएका छन् ।

    images
    images

    हाल चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको द्विपक्षीय वार्ता सुरु हुनुअघि दिएको छोटो स्वागत मन्तव्यमा उनले सो धारणा राखेका हुन् ।

    प्रधानमन्त्री छ्याङले नेपालका प्रधानमन्त्री दाहालको यस भ्रमण द्विपक्षीय सम्बन्धको विस्तार र सुदृढीकरण गर्न थप सहयोग बनेको बताए ।

    चिनियाँ राष्ट्रपति सि चिनफिङसँगको भेटमा भएका कुराकानीबाट दुई देशको सम्बन्धका विविध आयाममा छलफल हुनु सुखद् रहेको प्रधानमन्त्री छ्याङले बताए । 

    उनले प्रधानमन्त्री दाहालले चीन–नेपाल सम्बन्धलाई थप सुमधुर बनाउन योगदान पु-याएको उल्लेख गरे ।

    प्रधानमन्त्री छ्याङले नेपालको सदियौँ पुरानो एक छिमेकी रहेको चीनले सदैव नेपालको विकास, समृद्धि र हित चाहेको धारणा राखेका थिए। हाल बेइजिङस्थित ग्रेट हल अफ दि पिपुल्स कंग्रेसमा द्विपक्षीय भेटवार्ता जारी छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट