१९ औँ एसियन गेम्सअन्तर्गत तीन नेपाली जुडो खेलाडी पराजित
१९ औँ एसियन गेम्सअन्तर्गत तीन नेपाली जुडो खेलाडी पराजित
चीन । चीनको हान्झाउमा जारी १९ औँ एसियन गेम्सअन्तर्गत तीन नेपाली जुडो खेलाडी पराजित भएका छन् ।
सोमबार बिहान भएको महिलाको ५७ केजीमुनिको प्रिक्वार्टरफाइनल खेलमा नेपालकी मनिता श्रेष्ठ प्रधानले तुर्कमेनिस्तानकी मायसा पार्दायेभासँग पराजित भइन् । मायसाले मनितालाई अंकको आधारमा १०-० ले पराजित गरिन् ।
महिलाकै ७० केजीमुनितर्फ नेपालकी पुनम श्रेष्ठले मंगोलियाकी न्याम-इर्देन बाटसुरीसँग अंकको आधारमा १०-० ले पराजित भइन् ।
यता पुरुषको ८१ केजीमुनितर्फ नेपालका जंग बहादुर सारुले फिलिपिन्सका जोन भिरोन फेरेरसँग पराजय भोगे ।