Sep 19 2024 | २०८१, असोज ३ गते

बालेन शाह र अभियन्ता ईःबीच सामाजिक सञ्जालमा आरोप प्रत्यारोप 

बालेन शाह र अभियन्ता ईःबीच सामाजिक सञ्जालमा आरोप प्रत्यारोप 

एभरेष्ट हेडलाइन्स
सोमबार, असोज ८ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, असोज ८ २०८०
  • बालेन शाह र अभियन्ता ईःबीच सामाजिक सञ्जालमा आरोप प्रत्यारोप 

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह (बालेन) र अभियन्ता ईः बीच सामाजिक सञ्जालमा आरोप प्रत्यारोप चलेको छ ।

    images
    images

    अभियन्ता ईः ले काठमाडौँ महानगर अगाडी उभिएर गत मंगलबारदेखि नगर प्रमुख बालेनको विरोध जारी राखेका बेला सोमबार बालेनले आफुले अभियन्ताहरुलाई वार्तामा बस्न आग्रह गरेको र उनीहरु सायद राजनीतिक स्वार्थले वार्तामा नआएको आरोप लगाएपछि ईः ले सामाजिक सञ्जालमार्फत नै बार्तामा बोलाउदा बालेन नआएको स्पष्ट गर्दै नगर प्रहरी आएको बताएका छन् ।

    ईःले भनेका छन्  "मेयर यहाँ आउनुभएको छैन। सँगै जवाफदेहिता माग गरिरहेका साथीहरू साक्षी छन् । करीब ३० मिनेट अगाडि अकस्मात एक नगरप्रहरीले पार्किङ लटमा बोलाए । कानून विज्ञ, शहरी विशेषज्ञ, सडक व्यवसाय प्रतिनिधि साथीहरूलाई बोलाउन ३० मिनेट समय माग्यौं । नगर प्रहरीले रिसाएर जवाफ दिए त्यसोभए मेयरले भेट्दैन"

    यसैबीच बालेनले सोमबार बिहान सामाजिक सञ्जालमार्फत आफु उनीहरु उभिएको ठाउँमा गएर वार्ताबाट समाधान गरौँ भन्दा वार्तामा आउन नखोजेको आरोप लगाएका थिए । तर अभियन्ता ईः ले भने बालेन आफु नआएर एक नगर प्रहरी आएको बताएका छन् ।  साथै बालेनले कुनै राजनीतिक स्वार्थका कारण वार्तामा आउन नखोजेको भन्दै के अब वार्ता उनीहरुका नेतासँग गर्नुपर्ने हो भन्दै प्रश्न गरेका थिए । आइतबार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जालमा लेख्दै अभियन्ता ईस् सँग वार्ता गर्नुपर्ने विषय उठाएको प्रति बालेनले संकेत गरेको बुझ्न सकिन्छ ।   

    बालेनले भनेका थिए 

    बिगत केही दिन देखि केही अभियानताहरु आन्दोलनमा हुनुहुन्थ्यो , उहाँहरुको कुरा सुन्न उहाँहरु उभिरहेको ठाउँमा म आफै गएर बार्ता गरौं यहाहरुको कुरा र  समस्या सुनौं  भन्दा अभियानताहरु संवादमा बोलाउदा आउन खोज्नु भएन । लोकतान्त्रिक  अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौ, सयाद कुनै राजनितिकी स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौ । के बार्ता हामीले उहाँहरुको नेतासँग गर्न पर्ने ?

    अभियन्ता ईः सहितका अभियन्ताले गत मंगलबारदेखि बालेनले चुनाव अघि गरेका बाचा सम्झाउन भन्दै काठमाडौँ महानगरको राष्ट्रिय सभा गृह अगाडी उभिएर विरोध गरिरहेका छन् । उनीहरुले फुटपाथ व्यवसायीलाई वैकल्पिक व्यवस्था गरेर हटाउनु पर्ने बालेनको चुनाव अघिको प्रतिबद्धता विपरित अहिले काम गरेको आरोप छ । नगर प्रमुख बालेनले आफ्ना मागप्रति चासो नदिएको भन्दै उनीहरुले आफ्नो विरोध कार्यक्रम बुधबार विहान १० बजेसम्मका लागि लम्बाएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट