Sep 08 2024 | २०८१, भदौ २३ गते

शिक्षकसँगको सम्झौतामा सरकार प्रतिबद्ध : रक्षामन्त्री खड्का

शिक्षकसँगको सम्झौतामा सरकार प्रतिबद्ध : रक्षामन्त्री खड्का

एभरेष्ट हेडलाइन्स
सोमबार, असोज ८ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, असोज ८ २०८०
  • शिक्षकसँगको सम्झौतामा सरकार प्रतिबद्ध : रक्षामन्त्री खड्का

    ललितपुर । कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले विद्यालय शिक्षा विधेयकमा भएका प्रावधानप्रति असन्तुष्ट शिक्षकसँग भएका सम्झौतामा सरकार पूर्ण प्रतिबद्धता रहेको बताएका छन् । 

    images
    images

    नेपाली कांग्रेसको जारी केन्द्रीय समिति वैठकको सुरुमा बोल्दै उनले शिक्षकको आन्दोलन र सरकारसँग भएको सहमति तथा कामकारबाहीबारे जानकारी गराउँदै संसद्को मर्यादा, प्रक्रिया र परम्पराभित्र रही सरकार र संसद् मिलेर शिक्षकका सबै मागलाई सम्बोधन गर्ने बताए। 

    नेपाल कांग्रेसका उपसभापति समेत रहेका कार्यवाहक प्रधानमन्त्री खड्काले भने, “देशको संविधानसँग बाँझिने र अर्थतन्त्रले धान्न नसक्नेबाहेक माग सम्बोधन गर्न सकिन्छ भनेर मैले भनेको छु ।” 

    असन्तुष्ट शिक्षकले सुरुमा कर्मचारीसँग वार्ता गर्दैनौँ भनेर अडान लिएको र पछि शिक्षामन्त्रीसँग पनि वार्ता गर्दैनौ भनेपछि उपप्रधानमन्त्रीको नेतृत्वमा वार्ता भएको बताए । “उनीहरुका असन्तुष्टी वार्तामार्फत सम्बोधन गर्दै उनीहरुकै मागअनुसार टुङ्गो लगाएका छौँ । उक्त सम्झौताप्रति सरकार पूर्ण प्रतिबद्धता छ”, उनले भने । 

    संसद्को मर्यादा, प्रक्रिया र परम्पराभित्र राखेर सरकार र संसद् मिलेर शिक्षकका सबै मागलाई सम्बोधन गर्ने उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट