images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

अकुत सम्पत्ति आर्जनमा पूर्वमन्त्री श्रेष्ठ भ्रष्टाचारी ठहर

अकुत सम्पत्ति आर्जनमा पूर्वमन्त्री श्रेष्ठ भ्रष्टाचारी ठहर

एभरेष्ट हेडलाइन्स
सोमबार, असोज ८ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, असोज ८ २०८०
  • अकुत सम्पत्ति आर्जनमा पूर्वमन्त्री  श्रेष्ठ भ्रष्टाचारी ठहर

    काठमाडाैँ । अकुत सम्पत्ति आर्जनमा पूर्वमन्त्री रामकुमार श्रेष्ठ दोषी ठहर भएका छन् । विशेष अदालतले सोमबार श्रेष्ठलाई दोषी ठहर गरेको हो ।

    images
    images
    images

    उनले ४ करोड ४५ लाख २७ हजार ६६८ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर गरेको थियो ।

    पूर्वमन्त्री श्रेष्ठ २०७० सालमा तत्कालिन प्रधानन्यायाधीश खिलाराज रेग्मीको नेतृत्वमा गठित चुनावी सरकारमा मन्त्री थिए । उनले पर्यटन, शान्ति तथा पुनर्निर्माण र युवा तथा खेलकुद गरी तीनवटा मन्त्रालय सम्हालेका थिए । अख्तियारले उनी मन्त्री भइसकेको अवधिलाई समेत आधार मानेर अनुसन्धान गरेको थियो ।

    १५ फागुन २०७८ मा अख्तियारले उनलाई भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनले सार्वजनिक सेवाको सुरुवातपछि सचिव हुदासम्म र मन्त्री भएको बेलामा समेत गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अख्तियारको दावी थियो ।

    अख्तियारका अनुसार, २०२६ सालदेखि सरकारी सेवामा पुगेका उनले २०६४ माघमा अवकाश पाएका थिए । २०७० सालमा उनी फेरि चुनावी मन्त्रिपरिषदको मन्त्री बनी सरकारी पदमा आए ।

    सार्वजनिक सेवामा रहँदा उनले ६ करोड ९० लाख रुपैयाँ आम्दानी गरेका थिए । तर छानबिन हुँदा उनको साथमा ११ करोड ३५ लाख रुपैंया सम्पत्ति भेटियो । अख्तियारले स्रोत नखुलेको भन्दै ४ करोड ४५ लाख रुपैयाँ बिगो मागदावी गरेको थियो ।

    अख्तियारले उनको बैंकमा रहेको ६८ लाख ५० हजार, घर जग्गा लगायतको सम्पत्ति जफत हुनुपर्ने मागदावी गरेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट