Sep 08 2024 | २०८१, भदौ २३ गते

उपमेयर डंगोलले भेटिन् अभियन्ता ईः लाई 

उपमेयर डंगोलले भेटिन् अभियन्ता ईः लाई 

एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज ९ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज ९ २०८०
  • उपमेयर डंगोलले भेटिन् अभियन्ता ईः लाई 

    काठमाडौं ।  काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले काठमाडौँ महानगरपालिकाका मेयरको कार्यालय अगाडि उभिएर प्रदर्शन गरिरहेका अभियन्ता ईशान श्रेष्ठ ‘ ईः’ लाई भेटेकी छन् ।

    images
    images

    विगत १६५ घण्टा अर्थात ८ दिनदेखि प्रदर्शन गरिरहेका ईः लाई भेट्न डंगोल सोमबार बिहान प्रदर्शन गरिरहेको ठाउँमा पुगेकी हुन् ।

    काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई चुनावी वाचा सम्झाउन ईः आठ दिनदेखि राष्ट्रिय सभागृह अगाडि उभिइरहेका छन् ।सोमबार वार्ताको विषयमा मेयर शाह र ईःको विषयमा विवाद देखिएको थियो। अभियन्ता ईःका अनुसार डंगोलले आफ्नो स्वास्थ्यबारे चासो लिँदै सुस्वास्थ्यको कामना गरेकी थिइन्। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट