एसियाडका लागि सन्दीप र सागर लागे चीनतर्फ

काठमाडौँ । नेपाली क्रिकेट टोलीका स्पिनरद्वय सन्दीप लामिछाने र सागर ढकाल एसियाली खेलकुद (एसियाड) का लागि चीन गएका छन् । उनीहरू आज मध्यान्ह १२ बजेको उडानमा चीनतर्फ लागेका हुन् ।
सन्दीपले आफू मानसिक रूपमा कमजोर बनेको भन्दै एसिया कप खेल्न नसक्ने बताएका थिए । क्रिकेट संघका पदाधिकारीसँग थप छलफलपछि भने उनी मंगलबार चीनतर्फ जान तयार भएका थिए ।
एसियाडका लागि नेपाली टोली चीन गए पनि सन्दीप मुद्दाका कारण रोकिएका थिए । आइतबारदेखि सुरु हुने भनिएको मुद्दाको सुनुवाइ रोकिएको थियो । एसियाडमा नेपालले समूह चरणको पहिलो खेल बुधबार मंगोलियाविरुद्ध खेल्नेछ ।