Sep 08 2024 | २०८१, भदौ २३ गते

योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त

योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त

एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज ९ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज ९ २०८०
  • योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त

    सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव अनुपकुमार उपाध्याय नियुक्त भएका छन् । सुदूरपश्चिम मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयबमोजिम उपाध्यायलाई प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गरिएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव धीरेन्द्र शाहीले जानकारी दिए।  

    images
    images

    डोटी जिल्लाको बोगटानफुटशिल गाउँपालिको खत्याडी गाउँ स्थायी ठेगाना भई हाल कैलालीको दुर्गौलीमा बसोबास गर्नुहुने नवनियुक्त उपाध्यक्ष उपाध्यायसँग ऊर्जा, जलस्रोत, सिँचाइ मन्त्रालयमा बसेर काम गरेको अनुभव छ । नेपाल विद्युत् प्राधिकरणको पूर्वअध्यक्षसमेत रहेका उनले सार्वजनिक खरिद अनुगमन कार्यालयमा समेत काम गरेका छन् । 
     
    मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शाहीले नवनियुक्त उपाध्यक्ष उपाध्याय ऊर्जा, जलस्रोत इलेक्ट्रिकल इन्जिनियरिङलगायत क्षेत्रमा अनुभवी व्यक्ति भएका छन् । हालसम्म आयोगको उपाध्यक्षमा मोहनदेव विष्ट थिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट