Sep 08 2024 | २०८१, भदौ २३ गते

महानगरपालिका र अभियन्ता ईःबीच भएको वार्ता निष्कर्षविहीन

महानगरपालिका र अभियन्ता ईःबीच भएको वार्ता निष्कर्षविहीन

एभरेष्ट हेडलाइन्स
बुधबार, असोज १० २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, असोज १० २०८०
  • महानगरपालिका र अभियन्ता ईःबीच भएको वार्ता निष्कर्षविहीन

    काठमाडौँ । काठमाण्डौँ महानगरपालिका र अभियन्ता ईःबीच हिजो बेलुका भएको वार्ता निष्कर्षविहीन भएको छ । महानगरका प्रतिनिधि र अभियन्ता ईःबीच प्रदर्शनीमार्गको राष्ट्रिय सभा गृहमा गएराति अबेरसम्म वार्ता भएको थियो । सहमतिको प्रयास भए पनि वार्ता निष्कर्षमा नपुगी टुङ्गिएको वार्तामा सहभागी महानगरका प्रवक्ता नवीनकुमार मानन्धरले जानकारी दिए ।

    images
    images

    मुख्य गरी चार बुँदामा छलफल भएको र तीन वटा बुँदामा सहमति भएको तर सडक व्यवसायीलाई तिहारसम्म पसल राख्न तत्कालै ठाउँ तोक्नुपर्ने मागमा सहमति जुट्न नसकेको पनि प्रवक्ता मानन्धरले जानकारी दिए ।

    पहिलो बुँदामा अभियन्ता ईः र सहभागीले आन्दोलन रोक्ने र उनीहरुलाई तत्काल अस्पताल लैजाने, दोस्रोमा फुटपाथ, सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत भएका सामग्रीहरु महानगरको स्टोरमा भएसम्म यकिन गरेर सम्बन्धित धनीलाई फिर्ता गर्ने, तेस्रो बुँदामा, अनौपचारिक क्षेत्रमार्फत् हुने व्यापारलाई व्यवस्थित गर्न व्यापार गर्ने स्थल, समय, व्यापार गर्न आवश्यक मानिने व्यक्ति यकिन गर्न र ठाउँ उपलब्ध गराउन सुझाव दिने गरी एउटा अध्ययन समिति बनाउने गरी छलफल भएको थियो ।

    यी बुँदामा सहमति भैसकेको तर चौथो बुँदामा फुटपाथ तथा सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीलाई उपयुक्त ठाउँ तत्काल पहिचान गर्नुपर्नेमा महानगरले केही समय मागेको तर अभियन्ताबाट तत्कालै हुनुपर्ने अडानपछि सहमति नजुटेको प्रवक्ता मानन्धरको भनाइ छ ।

    महानगरले सहमतिका लागि वार्ताको प्रयास गरिरहेको पनि उनले जानकारी दिए । साना सडक व्यवसायीको व्यवस्थापन माग गर्दै अभियन्ता ईःले ९ दिनदेखि राष्ट्रिय सभा गृहको गेट अगाडि निरन्तर उभिएर प्रदर्शन गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट