Nov 24 2024 | २०८१, मंसिर ९ गते

images

डिशहोमको “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” अभियान अन्तर्गत विजेता घोषणा 

डिशहोमको “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” अभियान अन्तर्गत विजेता घोषणा 

एभरेष्ट हेडलाइन्स
बुधबार, असोज १० २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, असोज १० २०८०
  • डिशहोमको “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” अभियान अन्तर्गत विजेता घोषणा 

    काठमाडौँ । “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” योजना अन्तर्गत ७१९०६२१७२८७ क्यास आईडीका ग्राहक भुपाजित राईले नगद रु एक लाख जितेका छन् ।  असोज ८ गते सोमवार भएको लक्की ड्र मार्फत रानिवास भोजपुरका राईले नगद रु एक लाख जितेका हुन् ।

    images
    images
    images

    नेपालकै अग्रणी डि.टि.एच सेवा प्रदायक डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद रु एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन् ।

    त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद रु दश लाख, मिडियामा प्रसिद्धी र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् । यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ ।  

    सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारीक फेसबुक पेज र ईमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ । “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” अभियान आश्विन १ देखि सिमित अवधिको लागि नेपालभर लागू हुनेछ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट