Sep 28 2024 | २०८१, असोज १२ गते

१९औँ एसियाली खेलकुद : तेक्वान्दोमा नेपाल पदकविहीन

१९औँ एसियाली खेलकुद : तेक्वान्दोमा नेपाल पदकविहीन

एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज ११ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज ११ २०८०
  • १९औँ एसियाली खेलकुद : तेक्वान्दोमा नेपाल पदकविहीन

    चीन । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत तेक्वान्दोमा नेपाल पदकविहीन बनेको छ । आज भएको ८० किलो माथिको तौल समूहमा नेपालका ज्याकी यादव जोर्डनका खेलाडीसित पराजित भए । उनी २–० अंकले पराजित भएका हुन् ।

    images
    images

    यादवको पराजयसँगै नेपाल सर्वाधिक आश गरिएको तेक्वान्दोमा पदकविहीन बन्न पुगेको हो । तेक्वान्दोबाट ११ खेलाडी सहभागी भएका थिए । यसअघि ४९ किलो तौल समूहमा अन्जली तामाङ र ६३ किलो तौल समूहमा गोविन्द आले पराजित भएका थिए ।

    सन् २००६ पछि नेपालले तेक्वान्दोमा पदक जित्न सकेको छैन । त्यसअघि भने नेपालले एसियली खेलकुदमा तेक्वान्दोबाट एक रजत र १३ कास्य प्राप्त गरेको थियो । । 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार