Sep 17 2024 | २०८१, असोज १ गते

पाकिस्तान विष्फोट : सात जनाको मृत्यु

पाकिस्तान विष्फोट : सात जनाको मृत्यु

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज १२ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज १२ २०८०
  • पाकिस्तान विष्फोट : सात जनाको मृत्यु

    काठमाडाैँ । पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिणपश्चिमी मास्तुङ जिल्लामा शुक्रबार बिहान भएको विस्फोटमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ भने अन्य २५ जनाभन्दा बढी घाइते भएका प्रहरीले जनाएको छ ।

    images
    images

    इद मिलादुन नबी मनाउन मानिसहरू भेला भएको मस्जिद नजिकै उक्त विस्फोट भएको जनाउँदै प्रहरीले घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको बताएको छ । 

    बलुचिस्तानका प्रान्तीय अधिकारीहरूले आतङ्वादीहरूले उक्त विष्फोट गराएका बताउँदै त्यसको निन्दा गरेका छन् । साथै उनीहरूले मृतकको सङ्ख्या बढ्नसक्ने बताएका छन् । 

    पैगम्बर मोहम्मदको जन्मदिन मनाउन भेला भएका  भक्तजनलाई लक्ष्य गरी विष्फोट गराइएको  बताउँदै गृह मन्त्रालयले अनुसन्धान जारी रहेको जनाएको छ । मास्तुङ जिल्लाका सहायक आयुक्तले आतङ्कवादीले उक्त विष्फोट गराएको बताएका छन् । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार