Sep 20 2024 | २०८१, असोज ४ गते

आन्दोलनरत राहत शिक्षक र शिक्षा मन्त्रालयबीच जुट्यो सहमति,आन्दोलन फिर्ता

आन्दोलनरत राहत शिक्षक र शिक्षा मन्त्रालयबीच जुट्यो सहमति,आन्दोलन फिर्ता

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज १२ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज १२ २०८०
  • आन्दोलनरत राहत शिक्षक र शिक्षा मन्त्रालयबीच जुट्यो सहमति,आन्दोलन फिर्ता

    काठमाडौँ। आन्दोलनरत राहत शिक्षकहरु र शिक्षा मन्त्रालयबीच सहमति भएको छ । आज दिउँसो मन्त्रालयमा बसेको बैठकबाट आन्दोलनरत शिक्षक र मन्त्रालयबीच सहमति भएको हो ।

    images
    images

    बैठकमा शिक्षामन्त्री अशोक राई, शिक्षाराज्यमन्त्री प्रमिला कुमारी, सचिव सुरेश अधिकारी सहभागी थिए । सरकारसँग सहमति भएसँगै आन्दोलनको कार्यक्रम स्थगित भएको छ । संसदमा पेश भएको विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरको शिक्षकहरु आन्दोलित भएका थिए ।

    देशभरका सामुदायिक विद्यालयका शिक्षकहरुले काठमाडौंमा केन्द्रीत भएर गत बुधबारदेखि आन्दोलनमा उत्रेका थिए । शुक्रबार सरकारले आन्दोलनको आह्रान गर्ने नेपाल शिक्षक महासंघसँग ७ बुँदे सहमति गरेपछि आन्दोलन स्थगित गरेको थियो ।

    तर महासंघ र सरकारबीच भएको सहमतिमा असन्तुष्टि जनाउँदै राहतका शिक्षकहरुले आन्दोलन जारी राख्ने घोषणा गरेका थिए । उनीहरुले शनिबारदेखि माइतीघरमा आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिएका थिए । सरकारले आन्दोलन जारी राखेको एक सातापछि वार्ता गरेको हो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट