Sep 20 2024 | २०८१, असोज ४ गते

नेपालले संयुक्त राष्ट्रसंघको कमिसन अन नार्कोटिक ड्रगमा गाँजा फुकुवा गर्ने पक्षमा किन मत हाले त ?

नेपालले संयुक्त राष्ट्रसंघको कमिसन अन नार्कोटिक ड्रगमा गाँजा फुकुवा गर्ने पक्षमा किन मत हाले त ?

यस संग सम्बंन्धित एउटा किस्सा सुनौ, अनुसन्धानमा असाध्य अब्बल भनिएको नेपाल प्रहरीको ‘चिफ’ हुनबाट रोकिएका नवराज सिलवाल जो एमाले पुर्व साम्सद पनि बने । उनि एउटा  मिसनमा गएका बेला । राष्ट्र संघका तत्कालीन महासचिव कोफी अन्नानसँग उनको भेट भयो, । अन्नानसँगको कुराकानीका क्रममा कुरा आयो गाँजाको । अन्नानसँगको संवादका क्रममा सिलवालले थाहा पाए, विश्व स्वास्थ्य संगठनसँगको पहुँचको त्यान्द्रो प्रयोग गरेर छिमेकी भारतले अरबौँको गाँजा निर्यात गर्दो रहेछ । अनि सिलवालले यस्तो जाबो झार त मेरो देशमा जताततै कति छ, कति भन्दिए, अन्नानलाई । अन्नानले चासो राखे, ‘साँच्चै हो, हो भने एउटा स्याम्पल पठाउनु ।’

एभरेष्ट हेडलाइन्स
शनिबार, असोज १३ २०८०
एभरेष्ट हेडलाइन्स
शनिबार, असोज १३ २०८०
  • नेपालले संयुक्त राष्ट्रसंघको कमिसन अन नार्कोटिक ड्रगमा गाँजा फुकुवा गर्ने पक्षमा  किन मत हाले  त ?

    काठमाडौँ ।  पछिल्लो समय नेपालमा गाँजालाई बैधानिकता दिने या नदिने भन्ने बिषयमा नागरिकस्तरबाट संसदसम्म बहस शुरु भएको छ, फरक-फरक मत मतान्तर स्पष्ट देखिन्छ यसै बिच एकाथरि भन्छन बैधानिकता दिनुपर्छ अर्काथरी भन्छन दिनै  हुन्न, बैधानिकता दिन हुन्छ या हुन्न भन्ने बिचको बहस पेचिलो मुद्दा बन्दै गएको छ । 

    images
    images

    लागूऔषध सम्बन्धी कडा कानुन भएको मुलुक थाइल्याण्डले औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजालाई वैधानिकता दिनासाथ नेपाल समेत स्वभाविक रुपमा दबाबमा परेको छ । थाइल्याण्ड गाँजालाई वैधानिकता दिने एसियाकै पहिलो देश बनेको छ, र  नेपालमा पनि ब्यापक बहस सुरु भएको छ, दोस्रो देश नेपाल किन नबन्ने रु नेपालमा पनि थाइल्याण्डकै शैलीमा गाँजा खुला गर्नुपर्ने चर्चा उठेको छ । सडकमा चर्चा उठिरहेकै थियो भने थाइल्याण्डमा गाँजाले वैधानिकता पाएको खबरले संसदमा चर्चा भएपनि अन्य राजनीतिक मुद्दाले धेरै स्थान पाउदा यो बिषय अहिले ओझेलमा परेको छ । 

    झन्डै तिन बर्ष अगाडि २०७७ फागुन तेश्रो साता प्रतिनिधि सभामा दर्ता भएको ‘गाँजा खेतीलाई बैध बनाउने सम्बन्धी गैरसरकारी विधेयक (गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक, २०७६) थन्किएर बसेको छ । बिगतको संसदमा चर्चा मात्रै भयो । विधेयक अघि बढेन । कारणः सरकारले इच्छाशक्ति राखेन । सत्ता स्वार्थ, बाह्य दबाब र चुवानी जोडघटाउका कारण सरकारले विधेयक अघि बढाउन जाँगर चलाएको छैन । 

    तर, अहिले आएर सरकारलाई पनि दबाब बढेको छ । लागूऔषध सम्बन्धी कडा कानुन भएको एसियाली मुलुक थाइल्याण्डले गाँजालाई वैधानिकता दिनासाथ नेपाललाई अटोमेटिक दबाब परेको एमाले नेता  एवं विधेयकका प्रस्तावक शेरबहादुर तामाङले बताए ।

    उनले भने, ‘विधेयक संसद सचिवालय मै छ, तर विषय व्यापक चर्चामा छ ।’ भन्नुको अर्थ के विधेयक टेबुल हुन्छ संसदमा ? जवाफमा उनले भने, ‘यसरी भनौँ न, केही न केही प्रोसेस सुरु हुन्छ ।’ नेता तामाङका अनुसार आन्तरिक रुपमा सबै जना यो विधेयक पास हुनुपर्ने पक्षमा छन् । गाँठो परेको सरकारको इच्छाशक्तिमा मात्रै हो ।

    गाँजाको उल्कै झाडी हुने क्षेत्रबाट तत्कालीन समयमा प्रतिनिधित्व गर्ने एमालेका पुर्व सांसद भूमि त्रिपाठीले समेत सांसदहरु सबै विधेयक पारित गर्ने पक्षमा रहेको बताएका थिए । शेरबहादुर जीले भनेको कुरा सही नै हो । हामी सांसदहरु सबै तयार छौँ । सरकारको इच्छाशक्तिमा मात्रै कुरा अड्किएको हो ।’ त्रिपाठीका अनुसार यदि संसदले यो विधेयक पास गर्ने सन्दर्भमा सांसदलाई स्वतन्त्र छोडिदिने हो भने, बहुमत होइन दुई तिहाईले पारित हुन्छ । नेता  त्रिपाठीले अगाडि भने, ‘थाइल्याण्डले गाँजा खुला गरेपछि हामीलाई पनि खोल्नुपर्ने दबाब बढ्यो । राष्ट्र संघमा गाँजालाई खुला गर्ने सन्दर्भमा भएको मतदानमा नेपालकै मत निर्णायक भएको घटना स्मरण गर्दै औषधिका लागि खुला गर्ने कुरासँगसँगै ‘खान पाउने, लान नपाउने’ ढाँचामा अघि बढे झन् फाइदा हुन्छ, भन्छन उनि । यसले विदेशी पर्यटकको ओइरो लाग्ने र जनताको जीवनस्तर व्यापक उठ्ने तर्क एमाले नेता त्रिपाठीले गरेका छन् । 

    यद्यपि, नियन्त्रणको सन्दर्भमा पनि कतै पनि चुक्नु नहुने उनको धारणा छ । सरकार किन आँट गरिरहेको छैन ?  किन अल्झिराखेको छ ? थाहा छैन । तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवालाई कतैबाट दबाब छ भने म जान्दिन, आफु एक देशभक्त नेपाली भएको सम्झिएर अघि बढ्नु हुन्छ भने आँखा चिम्लिएर यो विधेयक टेबुल गर्न दिनुभए हुन्छ ।’ तर परिस्थिति तामांगले भने जस्तो नभएता पनि उनको तर्कमा दम भने छ भन्छन उनि । 
    यो विषयका जानकारहरुको आफ्नो मतमतान्तरका बीच गएको संसद्को कार्यकाल सकियो अहिले फेरी यो बिषय ओझेलमा परेको छ । 

    यस सन्दर्भमा राष्ट्रसंघमा नेपालले हालेको निर्णायक मतलाइ हामीले अध्यन गर्नुपर्ने हुन्छ नेपाले गाँजा खेतीमा लागेको प्रतिबन्ध फुकुवा गर्ने पक्षमा संयुक्त राष्ट्रसंघमा मत हाल्यो । नेपाली तिथि अनुसार २०७७ मंसिर १७ गते बुधबार नेपालले संयुक्त राष्ट्रसंघको कमिसन अन नार्कोटिक ड्रगमा गाँजा फुकुवा गर्ने पक्षमा मत हालेको हो । जुन मत नै निर्णायक भयो ।

    नेपाल सरकारकै निर्णयानुसार तत्कालिन अष्ट्रियाको आवासीय राजदूत प्रकाशकुमार सुवेदीले गाँजा खेती खुलाउने पक्षमा मतदान गरेका थिए । गाँजा लागू औषध नभएको र यसमाथिको प्रतिवन्ध फुकुवा गर्ने कि नगर्ने रु भन्ने विषयमा भएको मतदानका पक्षमा २७ मत र विपक्षमा २५ मत परेको थियो । विश्वका ५३ देशका सदस्य रहेको राष्ट्र संघको बोर्डमा भएको मतदानमा एक सदस्य अनुपस्थित रहे । नेपालकै कारण गाँजामाथिको प्रतिवन्ध फुकुवा गर्ने प्रस्ताव बहुमतले पारित भयो । संसारभर गाँजाले औषधिको रुपमा अन्तर्राष्ट्रिय मान्यता पायो । तर, गाँजालाई वैधानिकता दिने सन्दर्भमा भने नेपाल नै बिलम्ब गरिरहेको छ ।

    थाइल्यान्डको सार्वजनिक स्वास्थ्य मन्त्रालयले करिब १० लाख गाँजाका बिरुवा सर्वसाधारणलाई वितरण गरेको  छ । नेपालको संसदमा दर्ता गाँजासम्बन्धी विधेयकले समेत एक घर परिवारमा घरायसी प्रयोजनका लागि बढीमा ६ वटासम्म गाँजाको बोट उमार्न सकिने भनी उल्लेख छ । कपडा बनाउन र औद्योगिक प्रयोजनका लागि पनि यसको खेती गर्न पाउनुपर्ने कुरा विधेयकमा भनिएको छ ।

    अनुमतिपत्र नलिई गाँजा खेती गर्न, ओसारपसार गर्न वा निकासी गर्न पाइनेछैन । जसरी थाइल्याण्डले नसाका रुपमा प्रयोग गर्न नदिने भनेको छ, नेपालमा पनि त्यसरी नै नियमनका साथ यसको खेती र उपयोग गर्ने भनिएको छ । यसको नियमनका लागि बोर्ड समेत प्रस्ताव गरिएको छ, विधेयकमा । पत्रपत्रिका तथा रेडियो, टेलिभिजन, एफएम, इन्टरनेटलगायत सञ्चारमाध्यममा गाँजाबाट बनेका पदार्थको विज्ञापन वा प्रवद्र्धन गर्न नपाउने कुरा विधेयकमा लेखिएको छ । 
     

    अव कुरा गरौ गाँजा वैधानिक महाअभियानको बारे  केहि समय पहिले  नेपालमा देशव्यापी गाँजा वैधानिक महाअभियान चलिरहेको थियो ,। युवाहरु संगठित रुपमै गाँजाको वैधानिक अभियानमा लागेका थिए  । स्वस्फूर्त चलेको यो महाअभियानले ६० दिनभित्र देशभरबाट १० लाख हस्ताक्षर संकलन  गर्ने लक्ष्य लिएको थियो तर अहिले यो अभियान अल्लि सेलाएको छ  ।

    महाअभियानका राष्ट्रिय संयोजक जोशेफ मदन कोइरालाले थिए , उनले  ६० दिने हस्ताक्षर संकलन कार्यक्रम पनि चलाए  । गाँजाको विधेयक बनाउने सन्दर्भमा यो अभियान पनि सरिक भएको भएको थियो । तर, हिजो गाँजाको विषयमा बोल्दै हिँडेका पुर्व स्वास्थ्यमन्त्री विरोध खतिवडासँग भने यो महाअभियानको मन कुँडिएको बताउदै थिए  राष्ट्रिय संयोजक कोइराला । 

    अभियानकर्मीका अनुसार , ‘स्वास्थ्यमन्त्री खतिवडा हिजो जसरी प्रस्तुत भएका थिए । अहिले उनी सेलाएका छन् । खतिवडा सरकारमा गएपछि अनुहार फेरियो । उनले अगाडि भने, ‘निवासमा गएर हामीले कुरा राख्दा उहाँले उल्टै तिमिहरुले यो विधेयक बनाउन कति समय, कति पैसा र कति वुद्धि खर्च गरेका छौ, मलाई त्यो सबै थाहा छ भन्नु भयो । त्यसपछि हामी उहाँबाट निरास भयौँ । र, निष्कर्ष निकाल्यौँ । उहाँले हिजो भोटको राजनीति गर्न र आफ्नो छोरीलाई मिस नेपाल बनाउन मात्रै गाँजाको भाषण गर्नु भएको रहेछ ।’ अहिले गाँजाको कुरा गर्नेलाई खतिवडाले हकारेर पठाउँछन् । महाअभियानका राष्ट्रिय संयोजक जोशेफ मदन कोइरालाको थप्छन ।

    यो बिषयलाइ नजिकबाट अध्यन गर्नेहरु भन्छन -भारतको अगाडि  घुँडा टेक्ने प्रवृत्तिको कारण पनि यसले बैधानिकता पाउन सकिरहेको छैन ।
    नेपालमा पहिले गाँजाका लागि टेण्डर आह्वान हुने गरेकोदेखि लाइसेन्स वितरणका तथ्यहरु खुलिसकेका छन् । त्यसप्रकारका सूचना प्रकाशित भएका अभिलेखहरु समेत बाहिर आइसकेका छन् । तर, खासगरी गाँजाको वैधानिकताका लागि भएका केही पहलहरु कसैको दबाब वा प्रभावले रोकिएको तथ्यहरु कमै खुलेका छन् ।

    यस संग सम्बंन्धित एउटा किस्सा सुनौ, अनुसन्धानमा असाध्य अब्बल भनिएको नेपाल प्रहरीको ‘चिफ’ हुनबाट रोकिएका नवराज सिलवाल जो एमाले पुर्व साम्सद पनि बने । उनि एउटा  मिसनमा गएका बेला । राष्ट्र संघका तत्कालीन महासचिव कोफी अन्नानसँग उनको भेट भयो, । अन्नानसँगको कुराकानीका क्रममा कुरा आयो गाँजाको । अन्नानसँगको संवादका क्रममा सिलवालले थाहा पाए, विश्व स्वास्थ्य संगठनसँगको पहुँचको त्यान्द्रो प्रयोग गरेर छिमेकी भारतले अरबौँको गाँजा निर्यात गर्दो रहेछ । अनि सिलवालले यस्तो जाबो झार त मेरो देशमा जताततै कति छ, कति भन्दिए, अन्नानलाई । अन्नानले चासो राखे, ‘साँच्चै हो, हो भने एउटा स्याम्पल पठाउनु ।’
    अन्नानको चासोले सिलवाललाई थप कुराकानीको बाटो खुल्यो । उनले वाग्लुङबाट ल्याएको गाँजाको स्याम्पल पठाइदिए । त्यसको परीक्षण नतिजाले भारतबाट आयात भइरहेको गाँजामा भन्दा टीएचसी असाध्य राम्रो भएको भनेर देखायो । अनि अन्नानले सिलवाललाई चिठ्ठी थमाए, ‘यो चिठ्ठी तपाइको प्रधानमन्त्रीलाई दिनु । 

    डब्ल्यू एचओले औषधिका लागि तेस्रो मुलुकबाट गाँजा आयात गर्छ ।’ सिलवालले त्यसै गरे । अन्नानको चिठ्ठी लिएर उनी  तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भएको ठाउँमा  पुगे र  गाँजालाई वैधानिकता दिनुपर्छ भन्ने पक्षमा रहेका गिरिजा, सिलवालको कुरा र अन्नानको चिठ्ठी सुनेर झन उत्साहित भए । त्यो उत्साह उनले आर्थिक मामिला जानेका डा. रामशरण महतलाई सुनाए ।
    रामशरणले उनको उत्साहमा हेरफेर नगरी स्वाँठ्ठै चिसो पानी खन्याइदिए । त्यसो गरे ठूलो अनिष्ट हुने डर रामशरणले देखाए । र, भने, ‘यो कुरा अघि बढाउनु पहिले आफ्नो कुर्सी हेर्नु । गाँजाको कुरा गर्नुभयो भने ठूलो अनिष्ट हुन्छ ।’ रामशरणको आशय नै के थियो भने, ‘भारतले नेपालबाट गाँजा निर्यात भएको हेर्न चाहन्न । र, निहुँ खोजे निमेषभरमा सत्ता उडाइदिन्छ ।’ अनि गिरिजाप्रसाद हच्किए । विदेशीको डरले अर्थविज्ञ नेता पटक–पटक अर्थमन्त्री भएका महतले यसरी एउटा सम्भावना माथी चिसोपानी खन्याइदिए ।

    भिडियो :

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट