images

Jun 27 2024 | २०८१, असार १३ गते

माल्दिभ्सलाई १३८ रनले  हराउँदै नेपाल क्वाटरफाइनलमा

माल्दिभ्सलाई १३८ रनले  हराउँदै नेपाल क्वाटरफाइनलमा

एभरेष्ट हेडलाइन्स
आइतबार, असोज १४ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, असोज १४ २०८०
  • माल्दिभ्सलाई १३८ रनले  हराउँदै नेपाल क्वाटरफाइनलमा

    चीन । एसियन गेम्समा माल्दिभ्समाथि सहज जीत हात पार्दै नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ । चीनमा जारी एसियाली खेलकुद अन्तर्गत क्रिकेटको आज बिहान भएको खेलमा नेपालले माल्दिभ्सलाई १ सय ३८ रनको विशाल अन्तरले पराजित गरेको हो । खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १२ रनको विशाल लक्ष्य खडा गर्यो ।
    नेपालले अब क्वाटरफाइनलमा भारत, श्रीलंका, पाकिस्तान, बंगलादेशर अफगानिस्तानमध्ये एक टिमसँग खेल्नेछ । यी पाँच टिम सीधै क्वाटरफाइनल पुगेका हुन् भने नेपालसँगै तीन टिम पहिलो चरण पार गरेर क्वाटरफाइनल पुग्नेछन् ।

    images
    images

    नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५२ रन बनाउँदा कुशल मल्ल ४७ रनमा अविजित रहे । यसैगरी कुशल भुर्तेल र गुल्सन झाले समान ३५ रनको योगदान दिए ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार