images

Jul 27 2024 | २०८१, साउन १२ गते

पुरुष क्रिकेटमा नेपालले क्वाटरफाइनलमा भारतसित खेल्ने

पुरुष क्रिकेटमा नेपालले क्वाटरफाइनलमा भारतसित खेल्ने

एभरेष्ट हेडलाइन्स
सोमबार, असोज १५ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, असोज १५ २०८०
  • पुरुष क्रिकेटमा नेपालले क्वाटरफाइनलमा भारतसित खेल्ने

    काठमाडौँ । उन्नाइसौँ एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा नेपालले भारतसित खेल्ने भएको छ । नेपालले टि–२० क्रिकेटमा पहिलो पटक भारतसित खेल्न लागेको हो । क्वाटरफाइनलमा नेपाल र भारतबीच मङ्गलबार बिहान प्रतिस्पर्धा हुने भएको छ ।  

    images

    सोमबार भएको क्वाटरफाइनल ड्र अनुसार नेपालले भारत प्रतिद्वन्दी पाएको हो । भारतसहित किस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान सिधै क्वाटरफाइनल पुगेका थिए भने नेपाल, हङकङ र मलेसिया समूह चरण पार गर्दै क्वाटरफाइनल पुगेका हुन् ।

    अब नेपाल र भारत, बंगलादेश र मलेसिया, श्रीलंका र अफगानिस्तान तथा पाकिस्तान र हङकङबीच खेल हुनेछ । नेपाल र भारत तथा बंगलादेश र मलेसियाबीच हुने खेलको विजेताले सेमिफाइनल खेल्नेछ ।

    अघिल्लो महिना मात्रै नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक एशिया कपमा भारतसँग खेलेको थियो । एकदिवसीय एशिया कपमा श्रीलङ्कामा नेपालले भारतससँग खेलेको थियो । उक्त खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार