Sep 28 2024 | २०८१, असोज १२ गते

एसियाली खेलकुद : एथलेटिक्समा नेपालको चुनौती समाप्त

एसियाली खेलकुद : एथलेटिक्समा नेपालको चुनौती समाप्त

एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज १८ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज १८ २०८०
  • एसियाली खेलकुद : एथलेटिक्समा नेपालको चुनौती समाप्त

    काठमाडौँ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्समा नेपाललको चुनौती समाप्त भएको छ । 

    images
    images

    एथलेटिक्सको म्याराथनमा नेपालबाट समान १–१ पुरुषरमहिला खेलाडीले आज प्रतिस्पर्धा गरेका थिए । योसँगै एथलेटिक्समा नेपालको चुनौती समाप्त भएको हो । 

    नेपालबाट पुरुषमा राजन रोकाया र महिलामा पुष्प भण्डारी दौडेका थिए । पुरुषमा राजन समग्रमा १४औँ स्थानमा रहे । उनले निर्धारित दूरी पूरा गर्न दुई घण्टा २३ मिनेट १७ सेकेन्ड समय खर्चे । १८ खेलाडी सहभागी भएकोमा साउदी अरबीया र किर्गिस्तानका खेलाडीले दौड पूरा गरेनन् । चीनका जि हेले दुई घण्टा १३ मिनेट ०२ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण जितेका हुन् ।

    त्यस्तै महिलामा पुष्पाले निर्धारित दूरी तीन घण्टा ०२ मिनेट ३७ सेकेन्डमा सकाइन् । १७ खेलाडी सहभागी दौडमा पुष्पाले १६औँ स्थानमा दौड टुङ्गाइन् । बहराइनकी जिसा मोकानिन् डेसीले दौड पूरा गर्न सकिनन् ।

    बहराइनकै पाउल छुम्बा युनिस छेबिचीले पहिलो स्थान हात पारिन् । उनले निर्धारित दुरी दुई घण्टा २६ मिनेट १४ सेकेन्डको समय खर्चँदै स्वर्ण जितेकी हुन् । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार