images

Jun 27 2024 | २०८१, असार १३ गते

क्यानोइङमा नेपाली खेलाडी सेमिफाइनलमा

क्यानोइङमा नेपाली खेलाडी सेमिफाइनलमा

एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज १८ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज १८ २०८०
  • क्यानोइङमा नेपाली खेलाडी सेमिफाइनलमा

    काठमाडौँ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितअन्तर्गत क्यानोइङमा नेपालका गणेश गुरुङ सेमिफाइनल चरणका लागि छनोट भएका छन् ।

    images
    images

    दुई चरणको हिट्समा सहभागी भएका गुरुङ सेमिफाइनल चरणमा पुगेका हुन् । क्यानोइङमा १६ खेलाडी सेमिफाइलमा पुग्ने प्रावधान छ । पहिलो हिट्समा १६ खेलाडी सहभागी भएकामा उनी  १४औँ स्थानमा रहे । पहिलो हिट्सबाट आठ खेलाडी सेमिफाइनल चरणमा पुगेका थिए ।

    यसैगरी दोस्रो हिट्समा नेपालका गुरुङ¬सहित आठ खेलाडीले प्रतिस्पर्धा गरेकामा उनी  सातौँ भएर छनोटमा परेका हुन् । दोस्रो हिट्सका खेलमा सबै खेलाडी सेमिफाइनल चरणका निम्ति छनोट भएका छन् । सेमिफाइनल चरणमा १६ खेलाडी छनोट भएका छन् । छनोट भएका १६ जनामध्ये १० जनाले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार