Sep 20 2024 | २०८१, असोज ४ गते

संसदमा रघुजी पन्तको कविता : सरकार गरिबको दशैँ यसपालि कसरी टर्छ ?

संसदमा रघुजी पन्तको कविता : सरकार गरिबको दशैँ यसपालि कसरी टर्छ ?

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज १९ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज १९ २०८०
  • संसदमा रघुजी पन्तको कविता : सरकार गरिबको दशैँ यसपालि कसरी टर्छ ?

    काठमाडौँ । नेकपा एमाले सांसद रघुजी पन्तले बढिरहेको महंगीले जनतालाई नजिकिएको दशैँ मान्न सकस पर्ने देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले महंगीले थलिएका जनताले यसपालिको दशैँ कसरी मनाउँछन् भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

    images
    images

    दाल, चामललगायत खाद्यान्नसहितको उपभोग्य बस्तुमा महंगी बढेको र यसले जनतालाई मारमा पारे पनि सरकारले बेवास्ता गरेको उनको कटाक्ष थियो ।

    कविताको शैलीमा तरकारी र खाद्यान्नको भाउ महंगिएको भन्दै उनले भने, ‘खल्तीमा तलब हालेर हिँडियो बजार, चामलको बोराले नाघ्यो तीन हजार, रहर दाल किलोको २५०, बजार भाउ सुन्दा गुम्छ होसहवास, तरकारीले भाउ नै नसोध भनेझैँ गर्छ, गोलभेंडाले के किन्लास् र तैँले भनेर आँखा तर्छ, दशैं पेश्की आउने कहिले कहिले, पेश्कीमा महंगी आयो अहिले, सरकारका घर त उज्याला होलान्, नहुनेको घरमा अहिले नै अँध्यारो छायो, आउन लागेको दशैँ सम्झेर जनता मुर्छा पर्छ, सरकार गरिबको दशैँ यसपालि कसरी टर्छ ?’

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट