Sep 20 2024 | २०८१, असोज ४ गते

युवालाई स्वदेशमै टिक्ने वातावरण सिर्जना गर्नु जरुरी : पूर्वप्रधानमन्त्री खनाल

युवालाई स्वदेशमै टिक्ने वातावरण सिर्जना गर्नु जरुरी : पूर्वप्रधानमन्त्री खनाल

एभरेष्ट हेडलाइन्स
आइतबार, असोज २१ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, असोज २१ २०८०
  • युवालाई स्वदेशमै टिक्ने वातावरण सिर्जना गर्नु जरुरी : पूर्वप्रधानमन्त्री खनाल

    लुम्बिनी ।  नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले युवा जनशक्तिलाई स्वदेशमै टिक्ने वातावरण सिर्जना गर्नु जरुरी रहेको बताएका छन्। उनले युवालाई स्वदेशमा टिकाउन रोजगारी वृद्धि, औद्योगिकीकरण, कृषि क्षेत्रमा व्यापक सुधार र विकास गर्नुपर्नेमा जोड दिए । 

    images
    images

    पार्टीको समाजवादी जागरण अभियानका क्रममा भैरहवा आउनुभका नेता खनालले आज समाजवादी प्रेस सङ्गठन नेपाल, रुपन्देही शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा मुलुकमा रोजगारी वृद्धि, सुशासन, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिनका साथै तिनलाई केन्द्रमा राखेर पार्टीले जागरण अभियान चलाइरहेको बताए। 

    यस अभियानले समाजवादतर्फ जान मद्दत गर्ने उल्लेख गर्दै उनले समाजवादी व्यवस्थासहितको नयाँ ध्रुवीकरणको आवश्यकता पनि औँल्याए । “समाजवादमा जानका लागि आवश्यक परे विचार मिल्ने कम्युनिस्ट एक हुनुपर्ने हुन्छ”, नेता खनालले भने “यसका लागि नयाँ ध्रुवीकरण जरुरी छ ।”

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट