Sep 20 2024 | २०८१, असोज ४ गते

इजरायलमा रहेका नेपालीबारे गृहमन्त्रीको चासो

इजरायलमा रहेका नेपालीबारे गृहमन्त्रीको चासो

एभरेष्ट हेडलाइन्स
आइतबार, असोज २१ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, असोज २१ २०८०
  • इजरायलमा रहेका नेपालीबारे गृहमन्त्रीको चासो

    काठमाडौँ । उपप्रधानमन्त्री एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्यालेस्टाइनी लडाकु समूह हमास र इजरायली सेनाबीच  शनिबार बिहानदेखि जारी लडाइँका कारण इजरायलमा रहेका नेपालीहरू समेत पीडामा परेको अवस्थाबारे गम्भीर चासो लिएका छन्। 

    images
    images

    उनले आइतवार इजरायलस्थित नेपाली राजदूत कान्ता रिजाल र नेपालस्थित इजरायली राजदूत हनान गदरलाई सम्पर्क गरी लडाइँमा फसेका नेपालीको अवस्था र उद्दारबारे जानकारी लिएका हुन् ।  

    गाजा क्षेत्रमा केही नेपाली घाइते र बन्धक भएको समाचार सार्वजनिक भएसँगै उनले उनीहरू र इजरायलमा रहेका सबै नेपालीको खानपान, बसोबास, उपचार र सुरक्षाबारे चासो लिएका हुन् । 

    नेपाली राजदुत रिजालले घाइते एवम्  युद्धक्षेत्रमा फसेका नेपालीको विवरण लिने तथा उपचार र उद्दारको पहल गर्ने काम भैरहेको बताएका छन् । त्यस्तै इजरायली राजदूत गदरले नेपालीलाई युद्धको प्रभाव पर्न नदिन गम्भीर सचेतता अपनाइने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट