परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच भेटवार्ता
परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच भेटवार्ता
काठमाडौं। परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच भेटवार्ता भएको छ ।
पराराष्ट्रमन्त्री साउद र राजदूत गोडरबीच आइतबार पराराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा इजरायलमा हमासले गरेको आक्रमण पछिको अवस्थाबारे कुराकानी भएको जनाइएको छ ।
परराष्ट्र मन्त्री साउदले इजरायलको हालको अवस्था, इजरायलमा रहेका नेपालीको सुरक्षा, आक्रमणमा परेका नेपालीको उपचार र उद्धारबारे राजदूतसँग कुराकानी गरेका हुन्।
राजदूत गोडरले इजरायली सरकारका तर्फबाट नेपालीको सुरक्षा, घाइतेको उपचार र उद्धारमा पूर्ण प्रयास रहने प्रतिबद्धता जनाएका थिए।