Sep 20 2024 | २०८१, असोज ४ गते

प्रस्तावित विधेयकमा चलचित्रकर्मीको असन्तुष्टि

प्रस्तावित विधेयकमा चलचित्रकर्मीको असन्तुष्टि

एभरेष्ट हेडलाइन्स
आइतबार, असोज २१ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, असोज २१ २०८०
  • प्रस्तावित विधेयकमा चलचित्रकर्मीको असन्तुष्टि

    काठमाडौँ ।  ‘चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा २०८०’ का केही बुँदाहरूमा असहमति रहेको चलचित्रसँग सम्बन्धित सङ्घसंस्थाले निष्कर्ष निकालेका छन् । 

    images
    images

    नेपाल चलचित्र निर्माता सङ्घको नेतृत्वमा चलचित्र निर्देशक समाज, चलचित्र सङ्घ, कलाकार सङ्घ, प्राविधिक सङ्घलगायत आठ संस्थाले प्रस्तावित विधेयकमा रहेका त्रुटि र असहमतिका विषयमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको ध्यानाकर्षण गराउँदै आफ्नो असहमतिबारे जानकारी गराएका छन् ।

    प्रस्तावित विधेयकलाई स्वीकार गर्न नसकिने निष्कर्षसहित असहमतिका बारेमा जानकारी गराइएको निर्माता सङ्घका अध्यक्ष नवल खड्काले बताए । “चलचित्रकर्मीको सहमति, सहभागिता, भावना र पेसागत सुरक्षाको प्रत्याभूतिबिना परिकल्पना गरिएको यो विधेयक अघि नबढाउन माग गरेका हौँ”, उनले भने, “बोर्डको स्वायत्ता भन्दा बाहिर गएर बनाइएको विधेयकले चलचित्र क्षेत्रलाई कुनै फाइदा पुग्दैन ।”

    आफ्नो असहमतिका विषयमा जानकारी गराइएपछि सकारात्मक संवाद भएको कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले जानकारी दिए । उनले भन, “छलफल र कुराकानी सकारात्मक भएको छ । हामीले असहमति जनाएको विषय सम्बोधन हुनेमा आशावादी छौँ ।” चलचित्र विकास बोर्डले विधेयकको मस्यौदा वेबसाइटबाट सार्वजनिक गर्दै सुझावसमेत मागेको थियो । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट