Sep 20 2024 | २०८१, असोज ४ गते

इजरायलबाट नेपालीको उद्धार गर्न सभापति देउवाको आग्रह

इजरायलबाट नेपालीको उद्धार गर्न सभापति देउवाको आग्रह

एभरेष्ट हेडलाइन्स
आइतबार, असोज २१ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, असोज २१ २०८०
  • इजरायलबाट नेपालीको उद्धार गर्न सभापति देउवाको आग्रह

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इजरायलबाट नेपालीको उद्धार गरी स्वदेश फिर्ता ल्याउन आग्रह गरेका छन् । इजरायलका विभिन्न स्थानमा भएका आक्रमणमा परी केही नेपाली घाइते तथा केहीलाई कब्जामा लिइएको घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले विज्ञप्तिमार्फत घटनाको भत्र्सना गरेका छन् ।  

    images
    images

    इजरायलमा बसोबास गर्दै आएका नेपालीको यकीन तथ्याङ्क पत्ता लगाई उनीहरूको जीवन रक्षा तथा उनीहरूलाई तत्काल सुरक्षित स्थानमा पु¥याउन सभापति देउवाले आग्रह गरेका छन्। आवश्यक उद्धार गरी यथासम्भव स्वदेश फर्काउनका लागि नेपाल सरकारले अविलम्ब कूटनीतिक पहल गर्नसमेत उनले माग गरेका छन् ।

    सभापति देउवाले इजरायलमा कार्यरत नेपालीलाई स्वदेश फर्कने वातावरण निर्माण गरिदिन मित्रराष्ट्रहरू, अन्तर्राष्ट्रिय मानव अधिकारवादी सङ्घसंस्था, आप्रवासी सङ्गठन ९आइओएम०, अन्तर्राष्ट्रिय रेडक्रस समितिलगायत सम्बद्ध सबै अन्तर्राष्ट्रिय समुदायसँग पार्टीका तर्फबाट आग्रह गरेका छन् । उनले अप्ठ्यारोमा परेका नेपालीले आवश्यक सहयोगका लागि इजरायलस्थित नेपाली दूतावास एवं नेपाली जनसम्पर्क समितिमा सम्पर्क गर्ने आह्वान गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट