Sep 20 2024 | २०८१, असोज ४ गते

इजरायलमा अलपत्र नेपालीको उद्धारमा ढिलाइ

इजरायलमा अलपत्र नेपालीको उद्धारमा ढिलाइ

एभरेष्ट हेडलाइन्स
सोमबार, असोज २२ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, असोज २२ २०८०
  • इजरायलमा अलपत्र नेपालीको उद्धारमा ढिलाइ

    काठमाडौँ । सरकारले इजरायलमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न ढिलो गरेको भन्दै आलोचना भएको छ । अस्ति शनिवारदेखि बंकरभित्र बसिरहेका नेपालीले आफूहरुको छिटो उद्धार गर्न माग गरिरहेका छन् । तर सरकारले अहिलेसम्म इजरायलमा रहेका नेपालीलाई सचेत रहन र घटनाबारे जानकारी दिन विज्ञप्ति निकाल्नुबाहेक अरु कदम चाल्न सकेको छैन ।

    images
    images

    परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावासबाट आवश्यक सूचना र आधिकारिक जानकारी दिन ढिलाइ भएकोमा पनि आलोचना भैरहेको छ । नेपालमा रहेको परराष्ट्र मन्त्रालय र इजरायलमा रहेको नेपाली दूतावासबीच सूचना आदानप्रदानमा समन्वयको अभाव देखिएको छ । हिजो राजदूतले १० जना नेपालीको ज्यान गएको खबर सञ्चारमाध्यमलाई दिँदा परराष्ट्र मन्त्रालयले राति अबेर मात्रै विज्ञप्ति निकालेर आधिकारिक जानकारी दियो ।

    यस्तै दूतावासले स्वदेश फर्कन चाहनेलाई अनलाइन रजिस्टे्रशनको व्यवस्था गरिसकेको जानकारी दिंदा परराष्ट्रले त्यसको तयारी मात्रै भएको जनाएको छ । अहिलेसम्म सरकारी तबरबाट उद्धारको लागि समन्वय र ठोस योजना तयारीको काम समेत भएको छैन ।

    परराष्ट्र मन्त्रालयले अहिले तेल अभिभ विमानस्थल सामान्य रुपमा सञ्चालनमा रहेको र हवाई मार्ग मार्फत आवतजावत भइरहेको जनाएको छ । मन्त्रालयको विज्ञप्तिमा नेपालीको उद्धारका लागि गठन भएको संयन्त्रले इजरायलमा रहेका नेपाली नागरिकको संरक्षण र उद्धार गर्न आवश्यक पहल गरिरहेको उल्लेख छ ।

    द्वन्दग्रस्त क्षेत्रबाट नेपालीहरुको यथाशिघ्र उद्धार गर्न नेपाल सरकार पूर्ण रुपमा प्रतिबद्ध रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ । इजरायलमा विकसित पछिल्लो घटनाक्रमका सम्बन्धमा नेपाली राजदूतावास र परराष्ट्र मन्त्रालयका अधिकारीहरुको सम्पर्क विवरणहरु उपलब्ध गराइएकोले उहाँहरु मार्फत आवश्यक जानकारी लिन र सम्पर्कमा रहन पनि परराष्ट्र मन्त्रालयले भनेको छ । यस कठिन परिस्थितिमा इजरायलमा रहेका सम्पूर्ण नेपालीहरुलाई सजगता अपनाउन र नेपाली राजदूतावाससँग सम्पर्कमा रहन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

    यस्तै इजरायलमा रहेको नेपाली दूतावासले आक्रमण भएको क्षेत्रबाट केही नेपाली तेल अभिभ आइपुगेका जनाएको छ । उद्धारको पर्खाइमा रहेका बाँकी नेपालीहरुलाई समेत नेपाल सरकार, तालिम प्रदायक केन्द्र, रोजगारदाता र इजरायलवासी नेपाली समुदायसँगको सहकार्यमा तुलनात्मक रुपमा बढी सुरक्षित स्थलतर्फ स्थानान्तरण गर्न काम भैरहेको पनि दूतावासको भनाइ छ । दूतावासले आफू रहेकै ठाउँमा सुरक्षित रहन र रजिष्ट्रेशन प्रक्रियामा सहभागी हुनुहुन समेत आह्वान गरेको छ ।

    सरकारले इजरायलमा अलपत्र तथा समस्यामा परेका नेपालीहरुलाई आवश्यक जानकारी, सहयोग र सहजीकरण गर्नका सम्पर्क व्यक्ति तोकिएको छ । परराष्ट्र मन्त्रालयले प्रवक्ता सेवा लम्साल, सहसचिव शरदराज आरण, उपसचिव दुरपदा सापकोटा र शाखा अधिकृत कृष्ण सिलवाललाई सम्पर्क व्यक्ति तोकेको जानकारी दिएको हो ।

    यस्तै नेपाली राजदूतावास इजरायलकी राजदूत कान्ता रिजाल र प्रथम सचिव अर्जुन घिमिरेलाई पनि सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ । मन्त्रालयकी प्रवक्ता सेवा लम्सालको मोबाइल नम्बर ९८५१३१०२२९ रहेको छ ।  यस्तै मन्त्रालयकै सहसचिव शरदराज आरणको मोबाइल नम्बर ९८४४४९५८५८, उपसचिव दुरपदा सापकोटाको मोबाइल नम्बर ९८४१४०३३६२ र र शाखा अधिकृत कृष्ण सिलवालको मोबाइल नम्बर ९८४९१७९५२० रहेको छ  ।

    साथै तेल अभिभस्थित नेपाली राजदूत कान्ता रिजालको नम्बर ९७२५४५८६४४२३, प्रथम सचिव अर्जुन घिमिरेको नम्बर ९७२५२८२८९३०० मा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ । यस्तै मन्त्रालयले इमलेहरु  [email protected] र [email protected]  पनि उपलब्ध गराएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट