Sep 20 2024 | २०८१, असोज ४ गते

चेतन मानन्धर हत्यारा - रिगल नाइके लाई राष्ट्रपतिले आममाफी दिएपछि न्याय माग्दै श्रीमती भारती 

चेतन मानन्धर हत्यारा - रिगल नाइके लाई राष्ट्रपतिले आममाफी दिएपछि न्याय माग्दै श्रीमती भारती 

एभरेष्ट हेडलाइन्स
सोमबार, असोज २२ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, असोज २२ २०८०
  • चेतन मानन्धर हत्यारा - रिगल नाइके लाई राष्ट्रपतिले आममाफी दिएपछि न्याय माग्दै श्रीमती भारती 

    काठमाडौँ । आखा भए देख्न पाइन्छ र कान भए सुन्न पाइन्छ भनेको साच्चिकै हो रहेछ । किन भने दुनियाको सवैभन्दा उतकृष्ट संविधान रहेको मुलुक भन्दै  २०७२ को संविधान जारी गर्दाको बखत नेताहरुको भुईमा खुट्टा थिएन । तर अहिले कहि नभएको जात्रा हाडी गाउँमा भने जस्तै भएको छ । प्रसंङ्ग कुन मानेमा आएको भने सधै जसो माइतिघर मण्डलामा कुनै न कुनै बहानामा अन्सन बस्ने व्यक्ति त आएकै हुन्छन । तर यतिखेर भने अलि फरक तरिकाले अन्सन बस्ने महिला आएकी छन । 

    images
    images

    उनको नाम हो भारती शेर्पा अर्थात नेपाल गन्जमा हत्या गरिएका चेतन मान्नधरकी धर्मपत्नी । नेपालगन्ज घर भएकी भारती शेर्पा आज भन्दा ८ वर्ष पहिले आफ्नो श्रीमान चेतन मान्नधर हत्या अभियोगमा जेलचलान भएका ‘‘योगराज ढकाल’’ उर्फ रिगललाई राष्ट्रपतिले आममाफी दिएसँगै अहिले न्यायको खोजिमा भौतारिरहेकी छन् । राष्ट्रपतिकोे गलत निर्णय विरुद्ध राजधानीको माइतिघर मण्डलामा आएर भारतीले अहिले अन्सन मात्रै गरेकी छैनन ।

    उनले आफ्नो पतिको हत्यारा कसरी जेल मुक्त भयो भन्ने बारेमा सरकारलाइै प्रश्न समेत गरिरहेकी छनरु 
    मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरिएको  अभियोगमा जेल जिवन विताउँदै आएका रिगललाई संविधान दिवसको अवसरमा राष्ट्रपतिले आम माफी दिएसँगै गुण्डा नाइके रिगल यतिखेर हर्ष मनाइरहेका भिडियोहरु पनि सामाजिक सञ्जालमा छरपष्ट पोखिएका छन ।

    त्यति मात्रै होइन रिगललाई  संविधान दिवसको दिन राष्ट्रपतिबाट उन्मुक्ति दिएसँगै फूलमाला सहित नेपालगन्जमा भब्य स्वागत पनि गरिएको थियो । तर यता अहिले मृतक चेतनको परिवार भने भयभित बन्दै गएको छ । संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ढकालसहित ६ सय ७० जनालाई आममाफी दिएका थिए ।

    तरुण दल बाँके–३ का तत्कालीन सभापतिसमेत रहेका गुन्डा नाइके रिगल भारतबाट सञ्चालन हुने बसहरूबाट अवैध हप्ता असुली गर्ने कार्य गर्दै आएका थिए । र उक्त कार्यमा मान्नधरले बाधा पु¥याएको भन्दै  गुण्डा नाईके रिगल समुहले  २०७२ असार २८ गते अपराह्न ३ बजे मानन्धरलाई नियन्त्रणमा लिएर सुर्खेत रोडस्थित एक होटलमा खुँडा प्रहार गरी हत्या गरेको भन्ने प्रहरी अनुसन्धानबाट खुलेपछि गुण्डा नाई रिगललाई बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७५ वैशाख ११ मा रिगललाई हत्याका मुख्य योजनाकारका रूपमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो ।

    उक्त फैसलापछि कानूनको कोठरीमा पुगेका रिगललाई ८ वर्ष वित्न नपाउँदै हत्याराको चालचनल ठिक भएको भन्ने बहाना देखाएर राष्ट्रपतिको ठाडो आदेशमा सफाई दिए । त्यसपछि अहिले जनतामा एक खाले सन्त्रास फैलिएको छ । यता , मुलुकी ऐन २०२० अनुसार रिगलाई २० वर्ष कैद सजाय हुनुपर्ने हो । तर त्यो भन्दा अघिनै रिगलाई सरकारले अदालतको समेत अवहेलना गर्दै सफाई दियो । यदि सरकारनै सर्वोपरी हुने थियो भने कुनै न्यायलय र न्यायमुर्ति किन चाहियो र प्रश्न पेचिलो बन्दै गएको छ ।

    यता संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालतले गरेको सजायलाई कानुनबमोजिम माफी गर्न सक्नेछ भन्ने उल्लेख गरेपनि त्यो कानूनसंगत नभएको कानूनी जानकारको भनाई छ । तर मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५९ पल्टाएर हेर्ने हो भने प्रष्टै भएको छ,‘‘जघन्य व्यक्ति हत्या अथवा अमानवीय तरिकाले नियन्त्रणमा लिई ज्यान मारेको अभियोगमा कारागार चलान भएको जुनसुकै व्यक्तिको सजाय माफी गर्न सकिनेछैन’भनि लेखिएको छ । तसर्थ राष्ट्रपतिले गरेको उक्त कदम पुर्णत गलत सावित छ भन्नेमा कुनै सन्देह नरहेको कानूनका जानकार व्यक्तिले समेत भन्दै आएका छन । साच्चिकै सतिले सरापेको देशमा जे पनि हुने रहेछ भन्ने कुराको यो भन्दा गतिलो प्रमाण अरु के नै हुनसक्ला र ?

    भिडियो पनि :

     

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट