Sep 20 2024 | २०८१, असोज ४ गते

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद्को विशेष बैठक आह्वान, साँझ सर्वदलीय बैठक पनि बस्ने

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद्को विशेष बैठक आह्वान, साँझ सर्वदलीय बैठक पनि बस्ने

एभरेष्ट हेडलाइन्स
सोमबार, असोज २२ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, असोज २२ २०८०
  • प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद्को विशेष बैठक आह्वान, साँझ सर्वदलीय बैठक पनि बस्ने

    काठमाडौँ । इजरायलमा विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपाली नागरिकको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, राहतलगायत विषयमा छलफल गरी निर्णयमा पुग्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को विशेष बैठक बोलाएका छन् ।

    images
    images

    आज अपराह्न ४ बजे सिंहदरबारमा बोलाइएको बैठकमा इजरायलमा विकसित पछिल्लो परिस्थिति, त्यहाँ रहेका नेपालीको अवस्था, उनीहरुको स्वदेश फिर्तीका लागि सरकारले चाल्नुपर्ने कूटनीतिक पहल, प्राविधिक व्यवस्थापनलगायतका विषयमा छलफल हुने प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । 

    मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री दाहालले बेलुका ५ बजे सिंहदरबारमा नै सर्वदलीय बैठक पनि बोलाएका छन् ।  बैठकमा सोही विषयमा छलफल हुनेछ । नेपाली समयअनुसार शनिबार बिहान इजरायलमा भएको आक्रमणपछि प्रधानमन्त्री दाहालले लगातार घटनाप्रति चासो राख्दै सरकारको तर्फबाट आवश्यक पहल गरिरहेका छन् । 

    प्रधानमन्त्री दाहालले इजरायल–हमास युद्धले निम्त्याएको सङ्कट र नेपाली नागरिकहरूमा देखिएको त्रास तथा उनीहरूको उद्धार र नेपाल फिर्तीका लागि कूटनीतिक पहल गरेका हुन्। सो सन्दर्भमा प्रधानमन्त्री दाहालले असोज २० गते घटनाको भत्र्सना गर्दै नेपाली नागरिकका परिवारमा सहानुभूति प्रकट गरेका थिए । प्रधानमन्त्री दाहालले इजरायलस्थित नेपाली दूतावासमा घाइते नेपाली नागरिकको अवस्था बुझी उद्धारका लागि पहल लिन परराष्ट्र मन्त्रालयमार्फत निर्देशन दिएका थिए । 

    इजरायल–हमास युद्धमा परेका र फसेका नेपालीहरूको अवस्थाबारे यकीन गर्न र उनीहरूको उद्धार गर्नका लागि आइतबार बिहान प्रधानमन्त्री दाहालले बालुवाटारमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री, उपप्रधानमन्त्री  एवम् गृहमन्त्री, परराष्ट्रमन्त्री, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार, परराष्ट्र मन्त्रालयका सचिव र सुरक्षा अङ्गका प्रमुखहरूको आकस्मिक बैठक बोलाएका थिए।

    सो बैठकले परराष्ट्रमन्त्री साउदको संयोजकत्वमा परराष्ट्र, शिक्षालगायत सम्बन्धित मन्त्रालयका प्रतिनिधि, सुरक्षा अङ्गका प्रतिनिधि, विदेशस्थित दूतावास, नियोग सम्मिलत एक ¥यापिड एक्सन टीम गठन गरेको थियो । नेपालीको उद्धार र फिर्तीसम्बन्धी आवश्यक गृहकार्यका लागि आज विहान उक्त टीमको बैठक बसिरहेको छ । 

    सरकारले इजरायलबाट स्वदेश फर्किन चाहने नेपाली नागरिकलाई फिर्ता ल्याउने प्रयोजनका निम्ति लगत सङ्कलन र द्रूत सूचना संयन्त्रसमेत खडा गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट