Sep 20 2024 | २०८१, असोज ४ गते

इजरायलको जोखिमपूर्ण क्षेत्रमा रहेका नेपालीको उद्दार गर्न राप्रपाको आग्रह

इजरायलको जोखिमपूर्ण क्षेत्रमा रहेका नेपालीको उद्दार गर्न राप्रपाको आग्रह

एभरेष्ट हेडलाइन्स
सोमबार, असोज २२ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, असोज २२ २०८०
  • इजरायलको जोखिमपूर्ण क्षेत्रमा रहेका नेपालीको उद्दार गर्न राप्रपाको आग्रह

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले इजरायलको जोखिमपूर्ण क्षेत्रमा रहेका नेपाली उद्दार गर्न सरकारसँग आग्रह गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार विज्ञप्ति जारी गर्दै इजरायलमा रहेका नेपालीहरुको विवरण संकलन गर्न, उनीहरुको अवस्थाबारे सत्यतथ्य जानकारी दिन, घाइतेको उपचार गर्न, बेपत्ता रहेकाको अवस्था पत्ता लगाउन कुटनैतिक पहल गर्न र स्वदेश फर्कन चाहनेहरुलाई आवश्यक प्रबन्ध मिलाउनसमेत सरकारसँग आग्रह गरेका हुन् ।

    images
    images

    सिक्दै कमाउँदै कार्यक्रम अन्तर्गत इजरायलमा रहेका १० जना नेपालीले हमासको आक्रमणमा परेर अनाहकमा ज्यान गुमाउनु परेको घटनाबाट अत्यन्तै दुःखी र मर्माहत भएको पनि लिङ्देनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।  
    राप्रपाले निहत्था र निर्दोषहरुमाथिको हमलाको निन्दा गरेको छ ।

    राप्रपाले निधन भएकाहरुको शव यथासक्य चॅाडो नेपाल ल्याउन आवश्यक प्रबन्ध गर्न सरकारको ध्यानाकर्षणपनि गराएको छ ।  शनिबार भएको हमलामा इजरायलमा कार्यरत १० नेपालीको मृत्यु हुनुका साथै ४ जना घाइते र एक जना बेपत्ता भएका थिए । यस्तै  घटनामा परेका दुई जना सुरक्षित छन् ।  

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट