Sep 20 2024 | २०८१, असोज ४ गते

 बंकरमा रहेका नेपाली विद्यार्थीहरुको इजरायली सेनाद्वारा उद्धार

 बंकरमा रहेका नेपाली विद्यार्थीहरुको इजरायली सेनाद्वारा उद्धार

एभरेष्ट हेडलाइन्स
सोमबार, असोज २२ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, असोज २२ २०८०
  •  बंकरमा रहेका नेपाली विद्यार्थीहरुको इजरायली सेनाद्वारा उद्धार

    काठमाडौं।  हमासको आक्रमणपछि बंकरमा बसेर जीवन रक्षा गरिरहेका नेपाली विद्यार्थीहरुलाई इजरायली सेनाले उद्धार गरेर सुरक्षित स्थानतर्फ लगेको छ । इजरायली सेना, स्थानीय संस्था र गैरआवासीय नेपाली संघको सहायतामा उनीहरुको उद्धार गर्न थालिएको हो ।

    images
    images

    इजरायलमा रहेका लुईस रिजालले सामाजिक सञ्जालमार्फत त्यहाँको सेनाले सुरक्षित स्थानतर्फ लगेको बताएका छन् ।आफूहरुको उद्धार भइसकेको र सबैले खाने कुरा पनि पाएको उनले बताएका छन् ।

    शेदोत नेगेभमा रहेका दाङ नारायणपूरका विपिन सुवेदीले पनि आफूहरुलाई सुरक्षित स्थलतर्फ लगिँदै गरेको बताए । ‘हामी बाटोमा छौं, केही छिनमै सुरक्षित स्थलमा पुग्छौं,’ उनले भने, ‘इजरायली सेनाले हामीलाई समूह बनाएर लगिरहेको छ ।’

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट