इजरायलमा मारिएका नेपालीको सम्मानमा मंगलबार राष्ट्रिय शोक मान्ने सरकारको निर्णय
इजरायलमा मारिएका नेपालीको सम्मानमा मंगलबार राष्ट्रिय शोक मान्ने सरकारको निर्णय
काठमाडौँ । इजरायलमा मृत्यु भएका नेपालीहरूको शोकमा सरकारले भोलि मंगलबार राष्ट्रिय शोक मान्ने भएको छ । आज सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् विशेष बैठकले शोक मान्ने निर्णय गरेको हो ।
बैठकले हमासको आक्रमणमा परी ज्यान गुमाएकाहरूको परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने निर्णय पनि गरेको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
शर्माले भनिन्, ‘दिवंगत हुनु भएकाका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ ।’
उनका अनुसार परराष्ट्र मन्त्रालयले इजरायल सरकारसँग समन्वय गरी मृतकहरुको शव यथाशिघ्र ल्याउने तयारी छ ।