Sep 20 2024 | २०८१, असोज ४ गते

राष्ट्रिय शोकका कारण राष्ट्रिय सभा बैठक स्थगित

राष्ट्रिय शोकका कारण राष्ट्रिय सभा बैठक स्थगित

एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज २३ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज २३ २०८०
  • राष्ट्रिय शोकका कारण राष्ट्रिय सभा बैठक स्थगित

    काठमाडौं । मंगलबार बिहान ११:०१ बजे बस्ने गरी तोकिएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। संघीय संसद् सचिवालयले एक सूचना टाँस गरी बैठक स्थगित गरिएको जानकारी दिएको हो।

    images
    images

    इजरायलमा मारिएका नागरिकको सम्मानमा नेपाल सरकारले आज (मंगलबार) राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो। सोही कारण राष्ट्रिय सभा बैठक स्थगित भएको हो। 

    राष्ट्रिय सभाको अर्को बैठक असोज २६ गते बिहान ११:३१ मा बस्ने सूचनामा उल्लेख छ। मन्त्रिपरिषद्को सोमबारको बैठकले मंगलबार राष्ट्रिय शोक मनाइने र त्यसक्रममा देशभरका सरकारी कार्यालयहरु र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाइने निर्णय गरेको थियो।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट