Sep 20 2024 | २०८१, असोज ४ गते

तत्काल व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न  परराष्ट्रमन्त्रीको आग्रह

तत्काल व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न  परराष्ट्रमन्त्रीको आग्रह

एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज २३ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज २३ २०८०
  • तत्काल व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न  परराष्ट्रमन्त्रीको आग्रह

    काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले राजनीतिक तहमा आधिकारिक निर्णय बाहेक तत्काल व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न आग्रह गरेका छन् । 

    images
    images

    इजरायलमा भएको आक्रमण र त्यहाँ रहेका नेपालीहरुको अवस्थाका बारेमा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा जानकारी गराउँदै उनले यस्तो आग्रह गरेका हुन् । मन्त्री साउदले हमास समूहले आक्रमण गरेपछि इजरायलको अवस्था संवेदनशील रहेको जानकारी दिँदै अहिलेको अवस्थालाई राजनीतिकरण नगर्न पनि आग्रह गरे ।  

    “अवस्था संवेदनशील छ । त्यसैले राजनीतिक तहमा आधिकारिक निर्णय बाहेक व्यक्तिगत, पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न अनुरोध छ”, उनले भने, “यो अवस्थालाई राजनीतिकरण नगरौँ ।” बैठकमा सांसदहरुले इजरायलमा नेपालीको उद्धारका लागि नेपाल सरकारले गरेको प्रयासको सराहना गर्दै थप कार्य गर्न सुझाएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट