Nov 24 2024 | २०८१, मंसिर ९ गते

images

पाँच प्रदेशमा नेकपा एसको अभियान सम्पन्न

पाँच प्रदेशमा नेकपा एसको अभियान सम्पन्न

एभरेष्ट हेडलाइन्स
बुधबार, असोज २४ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, असोज २४ २०८०
  • पाँच प्रदेशमा नेकपा एसको अभियान सम्पन्न

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पाँच प्रदेशमा समाजवाद जागरण अभियान सम्पन्न गरेको छ । पार्टीले काँकडभिट्टाबाट सुरु गरेको सो अभियान कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सम्पन्न गरेको हो । यही असोज १४ गतेदेखि सुरु भएको अभियान २९ गतेसम्म सञ्चालन हुने भएको छ । पार्टीका नीति सिद्धान्त र कार्यदिशाबारे जनतालाई बुझाउन अभियान गरिएको पार्टीका महासचिव घनश्याम भुसालले जानकारी दिए ।

    images
    images
    images

    सो अभियानअन्तर्गत देशको राजनीतिक परिस्थिति, भ्रष्टाचार, बेथितिको अवस्था र गरिबी न्यूनीकरणका लागि पार्टीको योजनाबारे जनतामा जागरण फैलाइनाका साथै जनताको घरदैलोमा पुगेर आर्थिक, राजनीतिक र सामाजिक सुरक्षाका विषयमा सुझाव सङ्कलन गरिएको छ । पूँजीवादको विकल्पमा समाजवाद कार्यान्वयनमा जोड दिएको अभियानले जनताका सुझाव सङ्कलन गरी क्रान्तिकारी समाजवादी नीति निर्माणमा गर्नेछ ।

    जनताका समस्या समाधानका लागि पार्टीका वैचारिक नीति तथा राजनीतिक दृष्टिकोण आधारभूत तहसम्म स्थापित गर्न थालिएको सो अभियानका लागि विभिन्न सभा तथा सम्मेलन गरिएका छन् । काँकडभिट्टा, बिर्तामोड, दमक, उर्लाबारी, विराटचोक, इँटहरी, इनरुवा, भारदह, राजविराजको चिन्नमस्त, अर्नाह, भगवानपुर, सिरहा सदरमुकाम, बन्दीपुर र जदुकुहा, जलेश्वर, ढल्केबर, बर्दीबास, लालबन्दी, गरुडा, हर्नैया, कलैया र वीरगञ्ज, हेटौंँडा, चितवन, कावासोती, बर्दघाट, बुटवल, भैरहवा, कपिलवस्तु, दाङ, कोहलपुरलगायत स्थानमा ठूला सभा सम्पन्न भएका छ्न् ।

     विभिन्न पार्टी परित्याग गरी करिब चार हजारभन्दा बढी नेता तथा कार्यकर्ता सो पार्टीमा प्रवेश गरेको पार्टीको प्रचार विभागले जनाएको छ । पार्टीका शीर्ष नेताहरुले सम्बोधन गरेको सो अभियानमा कार्यकर्ता भेला, पत्रकार सम्मेलन, अन्तरक्रिया, कोणसभा तथा ठूला आमसभासमेत गरिएका छन् । यही असोज २९ गते सुर्खेतमा सम्पन्न हुने अभियानले आज मणिग्राम र बुटवलमा ठूला सभा गर्दैछ । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार