अर्काको शरीरमा पेट्रोल छर्केर आगो लगाउने पक्राउ, तीनजना घाइते
अर्काको शरीरमा पेट्रोल छर्केर आगो लगाउने पक्राउ, तीनजना घाइते
काठमाडौँ । अर्काको शरीरमा पेट्रोल छर्की आगो लगाइ भागेका एक व्यक्ति पक्राउ परेका छन्। ग्वार्को बाफल स्थित एसबी ह्याण्ड ग्राफीमा काम गर्ने २४ वर्षीय अरुण विश्वकर्मालाई पेट्रोल छर्किएर आगो लगाइ भागेका २६ वर्षीय सुवास बिकलाई प्रहरीले पक्रिएको हो।
सुवासले असोज २२ गते सोमबार दिउँसो साढे १ बजे पर्सा घर भएका अरुणलाई काम गर्ने ठाउँ (एसबी ह्याण्ड ग्राफी) मा नै पेट्रोल छर्की आगो लगाएका थिए।
उक्त आगो सल्किएर सँगै रहेका अन्य २ जनासमेत गरी ३ जना घाइते भएका थिए। उनीहरुको कीर्तिपुर बर्निङ्ग अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।
उक्त घटनामा अनुसन्धानको लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको टोलीले सुवास बिकलाई सोमबार बिहान लगभग साढे ९ बजे सुन्धाराबाट पक्राउ गरेको हो ।