रिगलको कैद मिनाहाविरुद्ध भारती शेर्पाको रिट पूर्ण इजलासमा सुनुवाइ सुरु
रिगलको कैद मिनाहाविरुद्ध भारती शेर्पाको रिट पूर्ण इजलासमा सुनुवाइ सुरु
काठमाडौँ । रिगल भनिने योगराज ढकाललाई कैद मिनाहा गर्ने निर्णय विरुद्धको रिटमा पूर्ण इजलासमा सुनुवाइ सुरु भएको छ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ सुरु भएको हो ।
रिगलले ०७२ साल असार २८ मा नेपालगंजका चेतन मानन्धरलाई सुर्खेत रोडमा दिउँसै खुडा प्रहार गरी हत्या गरेका थिए ।
जेल सजाए पाएका ढकाललाई करिब १२ वर्ष कैद बाँकी रहँदै कैद मिनाहा गरिएको भन्दै भारती शेर्पाले सर्वोच्चमा असोज २२ गते रिट दायर गरेकी थिइन् । उनले कैद मिनाहाको निर्णय खारेज गर्दै रिगललाई पक्राउ गर्ने आदेश माग गरेकी छन् ।