Sep 20 2024 | २०८१, असोज ४ गते

नेपाल फर्किन इजरायलको तेलअभिभ एयरपोर्टमा भेला भए २५० नेपाली

नेपाल फर्किन इजरायलको तेलअभिभ एयरपोर्टमा भेला भए २५० नेपाली

एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज २५ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज २५ २०८०
  • नेपाल फर्किन इजरायलको तेलअभिभ एयरपोर्टमा भेला भए २५० नेपाली

    काठमाडौं ।  प्यालेस्टाइनी बिद्रोही समूह हमासले गत शनिबार इजरायलमा गरेको आक्रमणपछि इजरायलबाट नेपाल फर्किन चाहने २५० जना नेपाली नेपाल एयरलाइन्सको जहाज चढ्न अहिले  तेलअभिभ एयरपोर्टमा भेला भएका छन्।

    images
    images

    हमासको आक्रमणपछि हिंसाग्रस्त इजरायलमा रहेका नेपालीको उद्धार गर्न आज बिहान नेपाल एयरलाइन्सको जहाज त्यहाँ पुगेको थियो । जसमा परराष्ट्रमन्त्री एनपी साउदसहितका अधिकारीहरु इजरायल गएका छन् । काठमाडौँस्थित त्रिभुवन विमानस्थलबाट बिहीबार साढे ३ बजे उडेको ए ३३० विमान दुबई विमानस्थलमा अवतरण गरी स्थानीय समयानुसार बिहान १० बजेर ४६ मिनेट जाँदा त्यहाँबाट इजरायलका लागि उडिसकेको छ।

    २५० नेपाली लिएर जहाज काठमाडौँमा राति ९ बजे अवतरण गर्ने बताइएको छ। हमासले गरेको हमलामा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएपछि सरकारले त्यहाँ रहेका अन्य नेपालीको उद्धार गर्न लागेको हो। उक्त आक्रमणमा परेर ज्यान गुमाएका नेपालीको शव भने तत्काल नेपाल नआउने भएको छ ।

    इजरायलबाट स्वदेश फर्किन ३ सय ५० नेपाली नागरिकले नाम टिपाएका छन्। पहिलो चरण २५० नेपालीलाई ल्याइने र बाँकीलाई पछि व्यावसायिक उडानमार्फत ल्याइने परराष्ट्र मन्त्रालयको भनाइ छ। 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट