Sep 20 2024 | २०८१, असोज ४ गते

आर्थिक रुपान्तरणसहितको विकास आजको प्रमुख कार्यभार हो : गृहमन्त्री श्रेष्ठ

आर्थिक रुपान्तरणसहितको विकास आजको प्रमुख कार्यभार हो : गृहमन्त्री श्रेष्ठ

एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज २५ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज २५ २०८०
  • आर्थिक रुपान्तरणसहितको विकास आजको प्रमुख कार्यभार हो : गृहमन्त्री श्रेष्ठ

    काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक आर्थिक रुपान्तरणसहितको विकास आजको प्राथमिक कार्यभार भएको बताएका छन् । 

    images
    images

    नेपाल पत्रकार महासङ्घ र नेपाल–अमेरिका पत्रकार सङ्घ (नेजा) द्वारा आज आयोजित ‘नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२२’ वितरण समारोहमा मन्त्री श्रेष्ठले देशलाई सामाजिक–आर्थिक विकासको गतिमा अघि बढाउनुपर्ने राष्ट्रिय कार्यभार रहेको बताए । 

    “मुलुकलाई आर्थिक तथा सामाजिक रुपमा समृद्ध बनाउन राष्ट्रिय मुद्दामा सहमति कायम गरी सबै नेपालीलाई एकाकार बनाउनुपर्छ”, उपप्रधानमन्त्रीले भने, “सामाजिक, सांस्कृतिक र भौगोलिक पहिचानलाई बचाउँदै लैजानुपर्छ । हाम्रो पहिचान एकता र सहिष्णुताको मौलिक संस्कार बन्दै आएको छ । त्यसलाई कहीँकतैबाट पनि कमजोर बनाउने काम हुनुहुँदैन ।”

    नेपालमा भ्रष्टाचार महारोगका रुपमा रहेको उल्लेख गर्दै उपप्रधानमन्त्रीले मुलुकमा सुशासन कायम गर्ने काममा सहयोग पु¥याउन सञ्चारकर्मीलाई आग्रह गरे । “नेजाले नेपालको विकट भेगमा कार्यरत सञ्चारकर्मी र सञ्चारमाध्यमलाई सहयोग र सङ्गठित गर्दै ग्रामीण पत्रकारितामा सहयोग पु¥याइरहेको छ, मुलुकको सामाजिक–आर्थिक विकासमा पत्रकारिता क्षेत्रले सहयोग गर्नुपर्छ, लोकतन्त्र स्थापनामा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका छ”, उनले भने । 

    सामजवादोन्मुख लोकतन्त्रलाई संस्थागत गर्न सरकार दृढताका साथ लागिपरेको बताउँदै उनले नेपाली पत्रकारिताले जनतालाई सुसूचित हुन सघाएको उल्लेख गरे । आर्थिक सामाजिक विकासमा ठूलो सहयोग गरेको बताए । 

    उपप्रधानमन्त्री श्रेष्ठले जुम्लाकी दिलमाया शाही र सिन्धुपाल्चोककी कमला पाख्रिनलाई संयुक्तरुपमा ‘नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२२’ प्रदान गरे । पुरस्कारको राशि रु दुई लाख २२ हजार दुई सय २२ रहेको छ । शाही ‘सन्धान अनलाइन’ र पाख्रिन ‘कान्तिपुर टेलिभिजन’मा आबद्ध छन् । 

    नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार गोविन्द आचार्यले नेपालको पत्रकारिताको गुणात्मक विकासका लागि नेजाले सहयोग गर्दै आएको बताए । उनले अप्ठ्यारोमा परेका पत्रकारलाई नेजाले सहयोग गरेर साथीको भूमिका निर्वाह गरेकामा त्यसको सराहना गरे ।

    प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले भूगोलका हिसाबले दुर्गम भए पनि प्रविधिको विकासले सबै क्षेत्रलाई सहज बनाएकाले   पत्रकारिता गर्न सजिलो भएको बताए । 

    न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्काले ग्रामीण क्षेत्रमा पत्रकारिता गर्ने व्यक्तिले प्रविधि र समाजको जोखिम सामना गर्नुपर्ने अवस्था कायमै रहेको बताए। 

    नेपाल पत्रकार महासङ्घका सल्लाहकार निर्मला शर्माले पत्रकारितामा सत्यतथ्यको पुष्टि गर्ने विषय चुनौतीपूर्ण रहेको बताए । 

    महासङ्घका अध्यक्ष विपुल पोखरेलले पत्रकार जुन देश वा भूगोलको भए पनि आफूले कार्यस्थलमा रहँदा सम्बन्धित देशको कानुन पालनालाई उच्च प्राथमिकता दिनुपर्ने बताए ।

    नेजा अध्यक्ष सुरज भण्डारी, पूर्वअध्यक्ष गौतम दाहाल, महासचिव बाबुराम दाहाल, महासङ्घका महासचिव रोशन पुरीलगायतले नेजाले नेपालको ग्रामीण क्षेत्रको पत्रकारिताको विकास र विस्तारका लागि गर्दै आएको योगदानको चर्चा गरे । 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट