Sep 20 2024 | २०८१, असोज ४ गते

कोशीको सभामुख राप्रपालाई दिने तयारी

कोशीको सभामुख राप्रपालाई दिने तयारी

एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज २५ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज २५ २०८०
  • कोशीको सभामुख राप्रपालाई दिने तयारी

    काठमाडौँ । कोशी प्रदेशको मुख्यमन्त्री बनाउन सहयोग गरे राप्रपालाई सभामुख दिने सत्ता गठबन्धनले तयारी गरेको छ । सत्ता गठबन्धनको बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सभामुख दिएर राप्रपाको समर्थन लिनेबारे कुराकानी भएको एक नेताले जानकारी दिए ।

    images
    images

    सत्ता गठबन्धनले माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने निर्णय गरेको छ । कोशीको सम्भावित मध्यावधि निर्वाचन टार्नका लागि राप्रपाले सत्ता गठबन्धनलाई सहयोग गर्ने संकेत दिएपछि उसलाई सभामुख दिने मनस्थिति बनेको हो । बैठकमा प्रधानमन्त्री दाहालले नै यस्तो सम्भावनाबारे कुरा गरेका थिए ।
    राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशीको सत्ता समीकरणबारे छलफल गर्न शुक्रबार पदाधिकारीको बैठक बोलाएका छन् । बिहीबार बालुवाटारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकार बनाउन कोसिस गरेकोले त्यसका लागि एकपटक प्रयास गर्न दिनुस् भन्ने प्रस्ताव राखेका थिए । 'तपाईंहरू (कांग्रेस) लाई २ पटक दियौं तर सकिएन, यसपटक हामी प्रयास गर्छौँ' प्रधानमन्त्री दाहालले बैठकमा भनेका थिए । दाहालको यस्तो प्रस्ताव आएपछि कांग्रेस सभापति देउवाले समर्थन गरेका थिए ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट