Sep 20 2024 | २०८१, असोज ४ गते

प्रतिनिधिसभाको बैठक दिउँसो २ बजे बस्दै

प्रतिनिधिसभाको बैठक दिउँसो २ बजे बस्दै

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज २६ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज २६ २०८०
  • प्रतिनिधिसभाको बैठक दिउँसो २ बजे बस्दै

    काठमाडौँ ।  संघीय संसद अन्तरर्गत प्रतिनिधिसभाको बैठक शुक्रबार बस्दैछ। संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ। 

    images
    images

    आजको बैठकमा सांसदहरूले उठाएका मौखिक तथा लिखित प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले सम्भाति कार्यसूची रहेको संङघीय संसद् सचिवालयले जानकारी दिएको छ। 

    यस्तै बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुईवटा आयोगका तीनवटा राष्ट्रिय प्रतिबेदन प्रस्तुत गर्नेछन्। जसअनुसार राष्ट्रिय दलित आयोगको दोस्रो र तेस्रो वार्षिक प्रतिवेदन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तेत्तिसौँ वार्षिक प्रतिवेदन पेस गर्ने सचिवालयले जनाएको छ। 

    यसैगरी, ऊर्जा, जलस्रोत तथा सिचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘विधुत विधेयक, २०८० दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्नेछन भने सभामुख देवराज घिमिरेले चालु संसदको अधिवेसनमा १० पटक भन्दा बढी अनुपस्थित प्रतिनिधि सभाका सदस्यहरुको नामावली सुनाउने संसद सचिवालयले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट