Sep 20 2024 | २०८१, असोज ४ गते

एमसिसी प्रसारणलाइनको टेन्डर रद्द 

एमसिसी प्रसारणलाइनको टेन्डर रद्द 

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज २६ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज २६ २०८०
  • एमसिसी प्रसारणलाइनको टेन्डर रद्द 

    काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशनअन्तर्गतको प्रसारण लाइन परियोजनाका सबै ठेक्का रद्द भएका छन् । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले शुक्रवार एक सूचना गरी गर्दै यी सबै ठेक्का रद्द भएको जानकारी दिएको हो ।

    images
    images

    यी ठेक्काहरुमा बोलपत्रपहिले गरिएको लागत अनुमानको तुलनामा बोलपत्रदाताहरुले अत्यधिक उच्च लागत प्रस्ताव गरेको भन्दै ठेक्का रद्द गरिएको जानकारी एमसीए नेपालले दिएको छ । अब प्रसारण लाइन परियोजनाको नयाँ टेन्डर आह्वान गर्नुपर्ने छ ।

    सो टेन्डरमा सबैभन्दा कम प्रस्ताव नै लागत अनुमानभन्दा ६६ प्रतिशत उच्च भएपछि सो प्रक्रिया रद्द गर्ने प्रस्ताव एमसीए नेपालले गरेको थियो । 
    अहिले आएर एमसिसीले नै नयाँ टेन्डर आह्वान गर्न भनेको स्रोतको भनाइ छ । उक्त प्रस्तावित बजेटमा काम गर्न नसकिने भन्दै अर्को टेन्डर आह्वान गर्न एमसिसीले सुझाव दिएको स्रोतको भनाइ छ । अब यसबारे छिट्टै औपचारिक निर्णय हुनेछ । हाल अर्थमन्त्री डा.महत देशबाहिर छन् । उनी आएपछि यसबारे निर्णय हुने स्रोतको भनाइ छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट